चैत्र ६, २०८२ शुक्रबार | ००:२७:३२
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

स्याङ्जामा महिला क्रिकेट प्रशिक्षण सम्पन्न

पोखरा । खेल्छ गण्डकी कार्यक्रम अन्तर्गत स्याङजाको पुतलीबजारमा सञ्चालित महिला क्रिकेट प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको व्यवस्थापनमा १० दिने प्रशिक्षण सोमबार सम्पन्न भएको हो । प्रशिक्षणमा सहभागिलाई प्रमाणपत्र वितरण गर्दै पुतलीबजार नगरपालिकाकी उपप्रमुख देवी अर्यालले राज्यले महिलालाई समान हकको अधिकार दिएको भन्दै खेलकुद क्षेत्रमा महिला सहभागिता बढाउन यस प्रकारका प्रशिक्षण महत्वपूर्ण हुने बताइन् ।

 प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य ऋषीराम गौतमले परिषद समग्र प्रदेशको खेलकुद विकासका लागि योजनावद्ध रुपमा अघि बढेको जनाउँदै खेल्छ गण्डकी कार्यक्रमले यूवा देखि अग्रज सम्मका उमेर समुहलाई समेट्दै समाजमा खेल संस्कृतीको विकासका लागि प्रतिवद्ध रहेको उल्लेख गरे ।

प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा भएको समापन कार्यक्रममा खेल्छ गण्डकी कार्यक्रमका संयोजक केशव पाठक, प्रादेशिक क्रिकेट संघका महिला विकास उपसमितिका संयोजक विधादेवी भट्टराई, कार्यक्रमका स्थानिय संयोजक तथा संघका कोषाध्यक्ष दिवाकार थापा,  मुख्य प्रशिक्षक रिजन प्रजु सहभागीकोतर्फबाट श्रृजना पौडेल र प्रियन्शु न्यौपाने लगायतले आफ्ना भनाइ राखेका थिए ।

उनीहरुले यस्ता कार्यक्रमले युवा महिला क्रिकेट खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको जनाउँदै खेलाडीको प्रतिभा निखार्न तथा सामुहिक प्रतिबद्धताका लागि यस्तो कार्यक्रम फलदायी हुने विश्वाससहित आगमी वर्ष पनि निरन्तरता दिन आग्रह गरे ।

गत बैशाख २९ गतेबाट सञ्चालित उक्त प्रशिक्षणमा प्रदेशका ६० जना खेलाडीहरुले सहभागिता जनाएका थिए । राष्ट्रिय यु-१९ क्रिकेट टिमका मुख्य प्रशिक्षक जगतबहादुर टमटा र गण्डकीका मुख्य प्रशिक्षक मुख्य प्रशिक्षक रिजन प्रजु, गोविन्दन्द प्रधान लगायतले प्रशिक्षण दिएका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो