माघ १५, २०८२ बिहीबार | ११:१५:२०
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

स्याङ्जामा महिला क्रिकेट प्रशिक्षण सम्पन्न

पोखरा । खेल्छ गण्डकी कार्यक्रम अन्तर्गत स्याङजाको पुतलीबजारमा सञ्चालित महिला क्रिकेट प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको व्यवस्थापनमा १० दिने प्रशिक्षण सोमबार सम्पन्न भएको हो । प्रशिक्षणमा सहभागिलाई प्रमाणपत्र वितरण गर्दै पुतलीबजार नगरपालिकाकी उपप्रमुख देवी अर्यालले राज्यले महिलालाई समान हकको अधिकार दिएको भन्दै खेलकुद क्षेत्रमा महिला सहभागिता बढाउन यस प्रकारका प्रशिक्षण महत्वपूर्ण हुने बताइन् ।

 प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य ऋषीराम गौतमले परिषद समग्र प्रदेशको खेलकुद विकासका लागि योजनावद्ध रुपमा अघि बढेको जनाउँदै खेल्छ गण्डकी कार्यक्रमले यूवा देखि अग्रज सम्मका उमेर समुहलाई समेट्दै समाजमा खेल संस्कृतीको विकासका लागि प्रतिवद्ध रहेको उल्लेख गरे ।

प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा भएको समापन कार्यक्रममा खेल्छ गण्डकी कार्यक्रमका संयोजक केशव पाठक, प्रादेशिक क्रिकेट संघका महिला विकास उपसमितिका संयोजक विधादेवी भट्टराई, कार्यक्रमका स्थानिय संयोजक तथा संघका कोषाध्यक्ष दिवाकार थापा,  मुख्य प्रशिक्षक रिजन प्रजु सहभागीकोतर्फबाट श्रृजना पौडेल र प्रियन्शु न्यौपाने लगायतले आफ्ना भनाइ राखेका थिए ।

उनीहरुले यस्ता कार्यक्रमले युवा महिला क्रिकेट खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको जनाउँदै खेलाडीको प्रतिभा निखार्न तथा सामुहिक प्रतिबद्धताका लागि यस्तो कार्यक्रम फलदायी हुने विश्वाससहित आगमी वर्ष पनि निरन्तरता दिन आग्रह गरे ।

गत बैशाख २९ गतेबाट सञ्चालित उक्त प्रशिक्षणमा प्रदेशका ६० जना खेलाडीहरुले सहभागिता जनाएका थिए । राष्ट्रिय यु-१९ क्रिकेट टिमका मुख्य प्रशिक्षक जगतबहादुर टमटा र गण्डकीका मुख्य प्रशिक्षक मुख्य प्रशिक्षक रिजन प्रजु, गोविन्दन्द प्रधान लगायतले प्रशिक्षण दिएका थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।