माघ १७, २०८२ शनिबार | २१:५७:३६
मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया

राजस्थानको रोमाञ्चक जित

काठमाडौं । जोस बट्लरको शतकप्रेरित राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइटराइडर्सविरुद्ध दुई विकेटको रोमाञ्चक जित दर्ता गरेको छ ।  

जितसँगै राजस्थान सात खेलबाट १२ अंक सहित शीर्ष स्थानमा यथावत छ । कोलकत्ता ६ खेलमा आठ अंकका साथ दोस्रो स्थानमा छ ।

इडेन गार्डेनमा मंगलबार कोलकाताले प्रस्तुत गरेको २२४ रनको लक्ष्य राजस्थानले अन्तिम बलमा आठ विकेट गुमाउँदै पूरा गर्यो । यो आइपिएल इतिहासमा पूरा भएको सबैभन्दा ठूला लक्ष्य हो ।

राजस्थानले त्यसअघि २०२० मा आफूले नै किंग्स इलाभेन पन्जाबविरुद्ध बनाएको कीर्तिमान बराबरी गर्यो । 

राजस्थानका लागि बट्लरले ६० बलमा ९ चौका र ६ छक्काको मद्दतले अविजत १०७ रन बनाए । जारी आइपिएफमा बट्लरको यो दोस्रो शतक हो । यसैगरी रियान परागले ३४, रोभमन पावेलले २६ यशस्वी जैसवालले १९ र कप्तान सन्जु स्यामसनले १२ रन जोडे ।  

बट्लरले सातौं विकेटका लागि पावेलसँग ५७ र तेस्रो विकेटका लागि परागसँग ५० रनको साझेदारी गरे । कोलकाताका लागि हर्षित राना, सुनिल नारायण र वरुण चक्रवर्तीले समान दुई तथा वैभव अरोराले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२३ रनको योगफल तयार पार्यो ।

कोलकाताका लागि सुनिल नारायणले ५६ बलमा १३ चौका र ६ छक्काको मद्दतले १०९ रनको योगदान गरे ।आइपिएलमा नारायणको यो पहिलो शतक हो । यसैगरी अंगकृष रघुवंशीले ३०, रिन्कु सिंहले अविजित २०, आन्द्रे रसेलले १३, कप्तान श्रेयस अय्यरले ११ र फिल साल्टले १० रन बनाए ।

नरायणले दोस्रो विकटका लागि रधुवंशीसँग ८५ र चौथो विकेटका लागि रसेलसँग ५१ रनको साझेदारी गरे । राजस्थानका लागि आवेश खान र कुलदीप सेनले समान दुई तथा  ट्रेन्ट बोल्ट र युजवेन्द्र चहलले समान एक विकेट लिए ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।