माघ १८, २०८२ आइतबार | ११:२८:०३
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

अस्ट्रेलियालाई एक खेल अगावै टेस्ट शृंखला

काठमाडौं । दोस्रो टेस्टमा शुक्रबार पाकिस्तानविरुद्ध ७९ रनको जित निकाल्दै अस्ट्रेलियाले एक खेल अगावै शृंखला आफ्नो पाक्षमा पारेको छ । यससँगै अस्ट्रेलियाले तीन खेलो शृंखलामा २-० को अग्रता लिएको छ । पहिलो टेस्टमा अस्ट्रेलिया ३ सय ६० रनले विजयी भएको थियो ।

मेलबर्न क्रिकेट मैदानमा चौथो दिन अस्ट्रेलियाले प्रस्तुत गरेको ३ सय १७ रनको लक्ष्य पछ्याएको पाकिस्तान दोस्रो इनिङमा २ सय ३७ रनमा समेटियो ।

पाकिस्तानका लागि कप्तान शान मसुदले ७१ बलमा सात चौकाको मद्दतले सर्वाधिक ६० रनको योगदान गरे । यसैगरी आगा सलमानले ७० बलमा ६ चौकाको मद्दतले ५०, बाबर आजमले ४१, महम्मद रिजवानले ३५, साउद सकिलले २४ र इमान उल हकले १२ रन बनाए ।

तेस्रो विकेटका लागि मसुद र आजमले ६१ तथा छैटौं विकेटका लागि सलमान र रिजवानले ५७ रनको साझेदारी गरे । अस्ट्रेलियाका लागि कप्तान प्याट कमिन्सले १८ ओभरमा ४९ रन खर्चिदै पाँच विकेट लिए । यसैगरी मिचेल स्टार्चले चार जोश हेजलउडले एक विकेट लिए । 

अस्ट्रेलियाले दोस्रो इनिङमा २ सय ६२ रन बनाएपछि पाकिस्तानले ३ सय १७ रनको लक्ष्य प्राप्त गरेको थियो । अस्ट्रेलियाका लागि मिचेल मार्शले १ सय ३० बलमा १३ चौकाको मदद्तले सर्वाधिक ९६ रनको योगदान गरे ।

यसैगरी एलेक्स केरीले १ सय १ बलमा आठ चौकाको मद्दतले ५३, स्टिभ स्मिथले १ सय ७६ बलमा तीन चौकोको मद्दतले ५०, कप्तान प्याट कमिन्सले १६ र नाथन लायनले ११ रन बनाए । 

चौथो विकेटका लागि मार्श र स्मिथले १ सय ५३ रनको साझेदारी गरे । पाकिस्तानका लागि शहिन शाह अफ्रिदी र मिर हाम्जाले समान चार तथा आमिर जमालले दुई विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले पहिलो इनिङमा ३ सय १८ रन बनाएको थियो । पाकिस्तान पहिलो इनिङमा २ सय ६४ रनमा समेटिएको थियो । 

शृंखलाको तेस्रो तथा अन्तिम टेस्ट बुधबारदेखि सिड्नीमा सुरु हुनेछ ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।