चैत्र १०, २०८२ मंगलबार | ०३:२७:१२
एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे

अस्ट्रेलियालाई एक खेल अगावै टेस्ट शृंखला

काठमाडौं । दोस्रो टेस्टमा शुक्रबार पाकिस्तानविरुद्ध ७९ रनको जित निकाल्दै अस्ट्रेलियाले एक खेल अगावै शृंखला आफ्नो पाक्षमा पारेको छ । यससँगै अस्ट्रेलियाले तीन खेलो शृंखलामा २-० को अग्रता लिएको छ । पहिलो टेस्टमा अस्ट्रेलिया ३ सय ६० रनले विजयी भएको थियो ।

मेलबर्न क्रिकेट मैदानमा चौथो दिन अस्ट्रेलियाले प्रस्तुत गरेको ३ सय १७ रनको लक्ष्य पछ्याएको पाकिस्तान दोस्रो इनिङमा २ सय ३७ रनमा समेटियो ।

पाकिस्तानका लागि कप्तान शान मसुदले ७१ बलमा सात चौकाको मद्दतले सर्वाधिक ६० रनको योगदान गरे । यसैगरी आगा सलमानले ७० बलमा ६ चौकाको मद्दतले ५०, बाबर आजमले ४१, महम्मद रिजवानले ३५, साउद सकिलले २४ र इमान उल हकले १२ रन बनाए ।

तेस्रो विकेटका लागि मसुद र आजमले ६१ तथा छैटौं विकेटका लागि सलमान र रिजवानले ५७ रनको साझेदारी गरे । अस्ट्रेलियाका लागि कप्तान प्याट कमिन्सले १८ ओभरमा ४९ रन खर्चिदै पाँच विकेट लिए । यसैगरी मिचेल स्टार्चले चार जोश हेजलउडले एक विकेट लिए । 

अस्ट्रेलियाले दोस्रो इनिङमा २ सय ६२ रन बनाएपछि पाकिस्तानले ३ सय १७ रनको लक्ष्य प्राप्त गरेको थियो । अस्ट्रेलियाका लागि मिचेल मार्शले १ सय ३० बलमा १३ चौकाको मदद्तले सर्वाधिक ९६ रनको योगदान गरे ।

यसैगरी एलेक्स केरीले १ सय १ बलमा आठ चौकाको मद्दतले ५३, स्टिभ स्मिथले १ सय ७६ बलमा तीन चौकोको मद्दतले ५०, कप्तान प्याट कमिन्सले १६ र नाथन लायनले ११ रन बनाए । 

चौथो विकेटका लागि मार्श र स्मिथले १ सय ५३ रनको साझेदारी गरे । पाकिस्तानका लागि शहिन शाह अफ्रिदी र मिर हाम्जाले समान चार तथा आमिर जमालले दुई विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले पहिलो इनिङमा ३ सय १८ रन बनाएको थियो । पाकिस्तान पहिलो इनिङमा २ सय ६४ रनमा समेटिएको थियो । 

शृंखलाको तेस्रो तथा अन्तिम टेस्ट बुधबारदेखि सिड्नीमा सुरु हुनेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो