चैत्र १३, २०८२ शुक्रबार | ०४:५१:५०
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

अफगानिस्तानले दियो नेपाललाई २ सय ६२ रनको लक्ष्य

काठमाडौं । जमशइद जाद्रनको शतकप्रेरित अफगानिस्तानले एसिसी यु-१९ एसिया कपमा नेपालसामू २ सय ६२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

युएईको दुबइस्थित आइसिसी एकेडेमीको दोस्रो मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २ सय ६१ रनको योगफल तयार पारेको थियो ।

अगफगानिस्तानका लागि जाद्रनले १ सय ५३ बलमा आठ चौकाको मद्दतल सर्वाधिक १ सय ६ रनको योगदान गरे । उनी खुट्टामा समस्या देखिएपछि रिटायर्ड हर्ट भएका थिए ।

यसैगरी नुमान शाह आघाले ४१ बलमा पाँच चौका र तीन छक्काको मद्दतले ६०, रहिमउल्लाह जुर्मतीले ३५, वाफिउल्लाह तराखालीले १५, खलिल अहमदले १३ र खालिद तानिवालले १० रन बनाए ।

जाद्रनले पाँचौं विकेटका लागि आघासँग ९७ र चौथो विकेटका लागि जुर्मतीसँग ८१ रनको साझेदारी गरे । नेपालका लागि हेमन्त धामी, गुल्सन झा, सुवास भण्डारीले समान दुई तथा दीपेश कँडेल र आकाश चन्दले समान एक विकेट लिए ।

नेपाल पहिलो जितको लक्ष्यमा छ । पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो । यता अफगानिस्तान पनि पहिलो जित निकाल्न चाहन्छ । अफगानिस्तानले पहिलो खेलमा भारतसँग सात विकेटको पराजय ब्यहोरेको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो