चैत्र ५, २०८२ बिहीबार | ११:३३:१९
दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर

अस्ट्रेलियाविरुद्धको टेस्ट श्रृंखलाका लागि पाकिस्तानी टोली घोषणा

काठमाडौं । पाकिस्तानले अस्ट्रेलियाविरुद्धको टेस्ट श्रृंखलाका लागि १८ सदस्य अन्तिम टोली घोषणा गरेको छ ।

यहि डिसेम्बर १४ बाट सुरु हुने श्रृंखलाका लागि पाकिस्तान क्रिकेट बोर्डले सोमबार शान मसूदको कप्तानीमा अन्तिम टोली घोषणा गरेको हो । नियमित कप्तान बाबर आजम जिम्मेवारीबाट हटेपछि मसूदले पहिलो पटक टोलीको नेतृत्व गर्न लागेको हो ।

बायाँ हाते ओपनिङ ब्याटर सैम अयुब र तीव्रगतिका बलर खुराम शेहजादले पहिलो पटक टेस्ट टोलीमा स्थान पाएका छन् ।

त्यस्तै अल–राउन्डर फहीम अस्रफले टोलीमा एक वर्षपछि स्थान पाएका छन् । उनले पछिल्लो पटक डिसेम्बर २०२२ मा देशको प्रतिनिधित्व गरेका थिए । पेसर मीर हम्जा र मोहम्मद वासीमले पनि टोलीमा पुनरागमन गरेका छन् ।

यस तीन खेलको टेस्ट श्रृंखला विश्व टेस्ट च्याम्पियनसिप २०२३–२५ भित्र पर्नेछ ।

पाकिस्तानी टोलीः
शान मसूद (कप्तान), आमिर जमाल, अब्दुल्ला शफिक, अबरार अहमद, बाबर आजम, फहीम अशरफ, हसन अली, इमाम उल हक, खुर्रम शहजाद, मिर हम्जा, मोहम्मद रिजवान(विकेटकीपर), मोहम्मद वासिम जुनियर, नोमान अली , सैम अयुब, सलमान अली आगा, सरफराज अहमद (विकेट), साउद शकील र शाहीन शाह अफ्रिदी

 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं