माघ १८, २०८२ आइतबार | ११:५८:४६
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

एकदिवसीय विश्वकप फाइनलः अस्ट्रेलियाले टस जित्यो, भारतले सुरुआती ब्याटिङ गर्ने

काठमाडौं । एकदिवसीय विश्वकप २०२३ उपाधि भिडन्तमा अस्ट्रेलियाले टस जितेको छ । अहमेदाबादस्थित नरेन्द्र मोदी मैदानमा प्याट कमिन्सले टस जितेर बलिङ गर्ने निर्णय लिएका छन् । भारतले सुरुआती ब्याटिङ गर्नेछ ।

एकदिवसीय विश्वकपमा भारत चौथो र अस्ट्रेलिया आठौं पटक फाइनल खेल्दैछन् । यसअघि भारत सन् १९८३, २००३ र २०११ मा फाइनल खेलेको थियो । आठौं पटक फाइनलमा स्थान बनाएको अस्ट्रेलियाले  सात मध्ये पाँच फाइनल जितेको छ ।

दुई टोली दोस्रो पटक फाइनलमा प्रतिस्पर्धा गर्दैछन् । सन् २००३ मा दुईबीच फाइलनमा भिडन्त भएको थियो । अस्ट्रेलिया एक सय २५ रनले विजयी भएको थियो ।

एकदिवसीय विश्वकपमा भारत चौथो र अस्ट्रेलिया आठौं पटक फाइनल खेल्दैछन् । यसअघि भारत सन् १९८३, २००३ र २०११ मा फाइनल खेलेको थियो । आठौं पटक फाइनलमा स्थान बनाएको अस्ट्रेलियाले  सात मध्ये पाँच फाइनल जितेको छ ।

अस्ट्रेलिया पछिल्लो २७ वर्ष फाइनलमा पराजित भएको छैन । २४ वर्षमा पछिल्लो चार फाइनल जितेको छ । सन् १९९६ मा पछिल्लो पटक श्रीलंकासँग फाइनलमा पराजित भएको थियो ।

अस्ट्रेलिया र भारतबीच हालसम्म एक सय ५० खेल भएका छन् । जसमा बढी अस्ट्रेलियाले ८३ र भारतले ५७ खेल जितेको छ ।

दुईबीच पछिल्लो भेट चेन्नईमा भएको थियो । लिग चरणमा भारत ६ विकेटले विजयी भयो । अस्ट्रेलिया र भारतबीच हालसम्म एक सय ५० खेल भएका छन् । जसमा बढी अस्ट्रेलियाले ८३ र भारतले ५७ खेल जितेको छ । १० खेल अनिर्णित बनेका छन् ।

भारतका विराट कोहली निकै लयमा छन् । उनले १० खेलमा सात सय ११ रन बनाएका छन् । जसमा तीन सतक र पाँच अर्धसतक छ । बलिङतर्फ मोहम्मद सामी ६ खेलमा २३ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको शीर्षस्थानमा छन् । उनले सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध एक्लै सात विकेट लिएका थिए ।


पछिल्लो आठ खेलमा अपराजित रहेको अस्ट्रेलियाको लागि ओपनर डेविड वार्नर लयमा छन् । उनी अस्ट्रेलियाको तर्पmबाट सर्वाधिक रन बनाउने खेलाडी हुन् । १० खेल खेल्दा पाँच समय २८ रन बनाएका छन् । दुई सतक र दुई अर्धसतक वार्नरको नाममा छ । अफगानिस्तानविरुद्ध दोहोरो सतक हानेका ग्लेन म्याक्स्वेल भारतको लागि टाउँको दुखाई विषय बन्नेछन् ।

बलिङतर्फ स्पिनर एडम जाम्पा सर्वाधिक विकेट लिने सामी पछि दोस्रो स्थानमा छन् । उनले १० खेलमा २२ विकेट लिएका छन् । नेदरल्यान्ड्सविरुद्ध आठ रन खर्चेर चार विकेट लिएका थिए ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।