काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी अलराउन्डर सीता राना मगरसम्मिलित जाडे जेट्सले ‘वुमन्स अल स्टार्स’ ट्वान्टी २० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
जाडेले आइतबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्वकप्तान रुबिना क्षेत्रीसम्मिलित बाउहिनिया स्टार्सलाई ६ विकेटले पराजित गरेको हो । यो जितसँगै जाडेले तीन खेलको प्रतियोगिता २-० ले आफ्नो पक्षमा पर्यो ।
हङकङको मिसन रोड क्रिकेट मैदानमा बाउहिनियाले प्रस्तुत गरेको ८१ रनको लक्ष्य जाडेले १५.२ ओभरमा चार विकेट गुमाउँदै भेट्टायो ।
जाडेका लागि कप्तान नताशा मिल्सले अविजित ३७, यस्मिन दासवानीले अविजित १८ र सीताले १२ रन बनाए ।
बाउहिनियाका लागि केरी चानले दुई तथा रुबिना र रुचिथा वेङ्कटेशले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको बाउहिनियाले १९ं.१ ओभरमा सबै विकेट गुमाउँदै ८० रनको योगफल तयार पारेको थियो ।
बाउहिनियाका लागि इक्रा सेहरले अविजित १९ र रुबिनाले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
जाडेका लागि सीता र बेट्टी चानले समान दुई तथा मारिया बालोच, एलिसा कायरा हबर्ड र हेली लुइले समान एक विकेट लिए ।
पहिलो खेलमा जाडे ३९ रनले विजय हुँदा दोस्रो खेल टाइ भएको थियो ।
अब सीता र रुबिना हङकङमै हुने चार देशसम्मिलित ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाका लागि नेपाली टोलीसँग जोडिने छन् ।
नेपाल, हङकङ, तान्जेनिया र जापनसम्मिलित शृंखाला कात्तिक २९ देखि मंसिर ३ सम्म हुनेछ ।