काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले श्रीलंका क्रिकेट बोर्डलाई निलम्बन गरेसँगै आगामी जनावरी र फेब्रुअरी हुने यु-१९ एकदिवसी विश्वकपको आयोजकबारे अन्योल बढेको छ।
आइसिसीको निलम्बन फुकुवा नभए श्रीलंकाको विश्वकप आयोजना अधिकार खोसिने श्रीलंका क्रिकेटका अध्यक्ष शम्मी सिल्भाले चेतावनी दिएका छन्।
यसपटकको विश्वकपमा नेपालसहित १६ टोलीले भाग लिँदैछन्। विश्वकपको समूह ‘डी’ मा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन्।
इएसपिएन क्रिकेइन्फोका अनुसार आइसिसीले यु-१९ विश्वकपबारे अहिले कुनै पनि निर्णय गरेको छैन। नोभेम्बर २१ मा आइसिसीको बोर्ड बैठकमा मात्र प्रतियोगिता आयोजक गर्नेबारे छलफल गरिने छ ।
आइसिसीले श्रीलंका क्रिकेटमाथि राजनीतिक हस्तक्षेप भए भन्दै शुक्रबार बोर्डलाई निलम्बन गरेको थियो।
क्रिकेट श्रीलंकाका पदाधिकारी र खेलकुदमन्त्री रोशन रणसिन्धेबीच एक वर्षदेखि विवाद चल्दै आएको थियो। मन्त्रीले क्रिकेट बोर्डमा भ्रष्टाचार र अव्यवस्थाको आरोप लगाउँदै आएका छन्।
भारतमा जारी आइसिसी विश्वकपमा राम्रो प्रदर्शन गर्न नसकेका कारण मन्त्रालयले सोमबार क्रिकेट श्रीलंकालाई बर्खास्त गरेको थियो।
यस्तै अदालले मंगबार मन्त्रालयमो निर्णयलाई उल्टाउँदै बोर्ड पुनः स्थापना गरेको थियो ।