चैत्र १८, २०८२ बुधबार | १५:२८:४५
एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त

एकदिवसीय विश्वकपः अस्ट्रेलियाले बंगलादेशलाई हरायो

काठमाडौं । अस्ट्रेलियाले भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा बंगलादेशमाथि आठ विकेटको सहज जित निकालेको छ ।

लगातार सातौं जितसँगै नौ खेलमा १४ अंक जोडेको अस्ट्रेलिया तेस्रो स्थानमा छ । सातौं पराजयसँगै समान खेलबाट चार अंकका साथ बंगलादेश आठौं स्थानमा रह्यो ।

पुनेस्थित महाराष्ट्र क्रिकेट संघको मैदानमा शनिबार बंगलादेशले प्रस्तुत गरेको ३ सय ७ रनको लक्ष्य अस्ट्रेलियाले ४४.४ ओभरमा मात्र दुई विकेट गुमाउँदै भेट्टायो ।

अस्ट्रेलियाका लागि मिचेल मार्शले १ सय ३१ बलमा १७ चौका र नौ छक्काको मद्दतले अविजित १ सय ७७ रनको योगदान गरे । स्टिभ स्मिथले ६४ बलमा चार चौका र एक छक्काको मद्दतले अविजित ६३ रन बनाए ।

यसैगरी डेविड वार्नरले ६१ बलमा ६ चौकाको मद्दतले ५३ र ट्राविस हेडले १० रन जोडे । मार्शले तेस्रो विकेटका लागि स्मिथसँग अविजित १ सय ७५ तथा दोस्रो विकेटका लागि वार्नरसँग १ सय २० रनको साझेदारी गरे ।

बंगलादेशका लागि तस्किन अहमद र मुस्ताफिजुर रहमानले सामना एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै ३ सय ६ रनको योगफल तयार पारेको थियो ।

बंगलादेशका लागि तोविद हृदयले ७९ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ७४ रनको योगदान गरे । यसैगरी कप्तान नज्मुल हुसेन सान्तोले ४५, तान्जिद हसन र  लिटोन दासले समान ३६, महमुदुल्लाहले ३२, मेहदी हसन मिराजले २९ र मुस्फिकर रहिमले २१ रन बनाए ।

पहिलो विकेटका लागि हसन र दासले ७६ तथा तेस्रो विकेटका लागि हृदय र सान्तोले ६३ रनको साझेदारी गरे । 

अस्ट्रेलियाका लागि सेन एबोट र एडम जाम्पाले समान दुई तथा मार्कुश स्टोइनिसले एक विकेट लिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो