माघ १७, २०८२ शनिबार | ११:१४:१३
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

एकदिवसीय विश्वकपः अस्ट्रेलियाले बंगलादेशलाई हरायो

काठमाडौं । अस्ट्रेलियाले भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा बंगलादेशमाथि आठ विकेटको सहज जित निकालेको छ ।

लगातार सातौं जितसँगै नौ खेलमा १४ अंक जोडेको अस्ट्रेलिया तेस्रो स्थानमा छ । सातौं पराजयसँगै समान खेलबाट चार अंकका साथ बंगलादेश आठौं स्थानमा रह्यो ।

पुनेस्थित महाराष्ट्र क्रिकेट संघको मैदानमा शनिबार बंगलादेशले प्रस्तुत गरेको ३ सय ७ रनको लक्ष्य अस्ट्रेलियाले ४४.४ ओभरमा मात्र दुई विकेट गुमाउँदै भेट्टायो ।

अस्ट्रेलियाका लागि मिचेल मार्शले १ सय ३१ बलमा १७ चौका र नौ छक्काको मद्दतले अविजित १ सय ७७ रनको योगदान गरे । स्टिभ स्मिथले ६४ बलमा चार चौका र एक छक्काको मद्दतले अविजित ६३ रन बनाए ।

यसैगरी डेविड वार्नरले ६१ बलमा ६ चौकाको मद्दतले ५३ र ट्राविस हेडले १० रन जोडे । मार्शले तेस्रो विकेटका लागि स्मिथसँग अविजित १ सय ७५ तथा दोस्रो विकेटका लागि वार्नरसँग १ सय २० रनको साझेदारी गरे ।

बंगलादेशका लागि तस्किन अहमद र मुस्ताफिजुर रहमानले सामना एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै ३ सय ६ रनको योगफल तयार पारेको थियो ।

बंगलादेशका लागि तोविद हृदयले ७९ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ७४ रनको योगदान गरे । यसैगरी कप्तान नज्मुल हुसेन सान्तोले ४५, तान्जिद हसन र  लिटोन दासले समान ३६, महमुदुल्लाहले ३२, मेहदी हसन मिराजले २९ र मुस्फिकर रहिमले २१ रन बनाए ।

पहिलो विकेटका लागि हसन र दासले ७६ तथा तेस्रो विकेटका लागि हृदय र सान्तोले ६३ रनको साझेदारी गरे । 

अस्ट्रेलियाका लागि सेन एबोट र एडम जाम्पाले समान दुई तथा मार्कुश स्टोइनिसले एक विकेट लिए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।