चैत्र १३, २०८२ शुक्रबार | ०६:३६:२०
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

एकदिवसीय विश्वकपः अस्ट्रेलियाले दियो नेदरल्यान्ड्सलाई ४ सय रनको लक्ष्य

काठमाडौं । अस्ट्रेलियाले भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा नेदरल्यान्ड्ससामू ४ सय रनको लक्ष्य प्रस्तुत गरेको छ ।

दिल्लीस्थित अरुण जेट्ली क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै ३ सय ९९ रनको योगफल तयार पारेको थियो ।

अस्ट्रेलियाका लागि ग्ले म्याम्सवेलले ४४ बलमा नौ चौका र आठ छक्काको मद्दतले सर्वाधिक १ सय ६ रनको योगदान गरे । 

यससँगै म्याक्सवेलले सबैभन्दा कम बलमा विश्वकपमा शतक बनाउने कीर्तिमान कायम गरेका छन् । उनले यसै विश्वकपमा दक्षिण अफ्रिकाका एडेन मार्क्ररमले ४९ बलमा बनाएको शतकको कीर्तिमान तोडेका हुन् ।

 

यसैगरी डेविड वार्नरले ९३ बलमा ११ चौका र तीन छक्काको मद्दतले १ सय ४, स्टिभ स्मिथले ६८ बलमा नौ चौका र एक छक्काको मद्दतले ७१, मार्नुस लाबुसेनले ४७ बलमा सात चौका र दुई छक्काको मद्दतले ६२, जोश इङ्लिसले १४ र कप्तान प्याट कमिन्सले अविजित १२ रन जोडे ।  

वार्नरले दोस्रो विकेटका लागि स्मिथसँग १ सय ३२ र तेस्रो विकेटका लागि लाबुसेनसँग ८४ रनको साझेदारी गरे । यसैगरी सातौंं विकेटका लागि म्याक्सवेल र कमिन्सले १ सय ३ रनको साझेदारी गरेका थिए ।

नेदरल्यान्ड्सका लागि लोगन भा बिकले चार, बास डि लिडेले दुई र आर्यन दत्तले एक विकेट लिए ।

अस्ट्रेलिया तेस्रो र नेदरल्यान्ड्स दोस्रो जितको लक्ष्यमा छन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो