नेपाली क्रिकेट

सन्दीप नहुँदा असर हुन्छः कप्तान रोहित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले घरेलु मैदानमा हुने शृंखलामा स्पिनर सन्दीप लामिछाने नहुँदा असर गर्ने बताएका छन् ।

प्रतियोगिता अघि भएको पत्रकार सम्मेलनमा रोहितले भने, ‘सन्दीप नहुँदा टोलीलाई केही असर त परिहाल्छ । तर, पनि हामी तयार छौं,’ उनले भने । यसअघि सन्दीपले यो शृंखला नखेल्ने निर्णय लिएका छन् ।

प्रतियोगिता भोलि (बुधबार) बाट मुलपानी माथिल्लो मैदानमा हुनेछ । नेपालले उद्घाटन खेलमा संयुक्त अरब इमिरेट्स (युएई)सँग दिउसो एक बजे खेल्नेछ । 

कप्तान रोहितले शृंखलाको लागि भारतमा राम्रो तयारी भएको बताएका छन् । ‘शृंखलाका लागि हामीले राम्रो  तयारी गरेका छौं । भारतमा गरेको अभ्यास पनि राम्रो भयो,’ रोहितले भने ।

नेपालले दुई साता भारतमा रहेर प्रशिक्षण गरेको थियो । कप्तान रोहितले विश्वपक छनोटका लागि यो शृंखलाले धेरै सहयोग गर्ने बताए । ‘विश्वकप छनोटका लागि यो शृङ्खलाले सहयोग गर्नेछ ।’