चैत्र ८, २०८२ आइतबार | ०२:१५:४२
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

एसियाली खेलकुदः पुरुष क्रिकेटमा नेपालको यात्रा समाप्त

काठमाडौं । भारतसँग २३ रनले पराजित भए पनि चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालको यात्रा क्वार्टरफाइनलमै सिमित बनेको छ ।

झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा मंगलबार भारले प्रस्तुत गरेको २ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रन बनायो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३२, सन्दीप जोरा र कुशल मल्लले समान २९, कुशल भुर्तेलले २८, करण केसीले अविजित १८ र आसिरफ शेखले १० रन बनाए ।

भारतका लागि रवी विश्नाई र आवेश खानले समान ३, अर्शदीप सिंहले २ तथा  साई किशोरले १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २ रनको योगफल तयार पारेको थियो ।

भारतका लागि यशस्वी जैसवालले ४९ बलमा ८ चौका र ७ छक्काको मद्दतमा १ सय रन बनाए । यसैगरी रिंकु सिंहले अविजित ३७, शिवम दुबेले अविजित २५ र कप्तान ऋतुराज गायकवाडले २५ रन जोडे ।

पहिलो विकेटका लागि यशस्वी र ऋतुराजले १ सय ३ रनको साझेदारी गरेका थिए ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान १ विकेट लिए ।

भारतले सिधैं क्वार्टरफाइनल खेलेको हो । समूह ‘ए’ को नेपालले मंगोसियालाई २ सय ७३ र माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।

नेपालले ट्वान्टी-२० अन्तर्राष्ट्रियमा पहिलो पटक भारतको सामना गर्न लागेको हो । सन् २००७ को ट्वान्टी-२० विश्वकप विजेता  भारत हाल वरीयताको शीर्ष स्थानमा छ । नेपाल १६ औं स्थानमा छ । 
 

नेपालले पहिलो पटक ट्वान्टी-२० अन्तर्राष्ट्रिय वरीयताको शीर्ष टोली र विश्वकप विजेतासँग खेलेको हो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो