माघ १७, २०८२ शनिबार | १६:३४:०९
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

एसियाली खेलकुदः पुरुष क्रिकेटमा नेपालको यात्रा समाप्त

काठमाडौं । भारतसँग २३ रनले पराजित भए पनि चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालको यात्रा क्वार्टरफाइनलमै सिमित बनेको छ ।

झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा मंगलबार भारले प्रस्तुत गरेको २ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रन बनायो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३२, सन्दीप जोरा र कुशल मल्लले समान २९, कुशल भुर्तेलले २८, करण केसीले अविजित १८ र आसिरफ शेखले १० रन बनाए ।

भारतका लागि रवी विश्नाई र आवेश खानले समान ३, अर्शदीप सिंहले २ तथा  साई किशोरले १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २ रनको योगफल तयार पारेको थियो ।

भारतका लागि यशस्वी जैसवालले ४९ बलमा ८ चौका र ७ छक्काको मद्दतमा १ सय रन बनाए । यसैगरी रिंकु सिंहले अविजित ३७, शिवम दुबेले अविजित २५ र कप्तान ऋतुराज गायकवाडले २५ रन जोडे ।

पहिलो विकेटका लागि यशस्वी र ऋतुराजले १ सय ३ रनको साझेदारी गरेका थिए ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान १ विकेट लिए ।

भारतले सिधैं क्वार्टरफाइनल खेलेको हो । समूह ‘ए’ को नेपालले मंगोसियालाई २ सय ७३ र माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।

नेपालले ट्वान्टी-२० अन्तर्राष्ट्रियमा पहिलो पटक भारतको सामना गर्न लागेको हो । सन् २००७ को ट्वान्टी-२० विश्वकप विजेता  भारत हाल वरीयताको शीर्ष स्थानमा छ । नेपाल १६ औं स्थानमा छ । 
 

नेपालले पहिलो पटक ट्वान्टी-२० अन्तर्राष्ट्रिय वरीयताको शीर्ष टोली र विश्वकप विजेतासँग खेलेको हो । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।