वैशाख २८, २०८२ आइतबार | १३:३२:२८
अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा

एसिसी एसिया कपः टस जितेर ब्याटिङमा श्रीलंका

काठमाडौं । घरेलु टोली श्रीलंकाले एसिसी एसिया कपको फाइनलमा भारतविरुद्ध पहिलो ब्याटिङ गर्ने भएको छ । कोलम्बोस्थित आर प्रेमादासा क्रिकेट मैदानमा दिउँसो ३ः१५ मा सुरु हुने खेलमा श्रीलंकाका कप्तान दासुन सनाकाले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

भारतले हालसम्म १५ संस्करण आयोजना हुँदा सर्वाधिक सात पटक उपाधि जितेको छ । श्रीलंकाले ६ पटक उपाधि जितेको छ ।

घरेलु दर्शक र मैदानको फाइदा उठाउँदै श्रीलंका भारतसँग उपाधि बराबर गर्ने योजनामा छ । युवा टोलीको साथ पाएको श्रीलंकाले पछिल्ला खेलहरुमा सानदार प्रदर्शन गर्दै आएको छ । रोहित शर्मा कप्तानीमा रहेको भारत सन् २०१८ पछि पहिलो पटक उपाधि जित्ने योजनामा छ ।

भारत शीर्ष स्थानमा रहँदै एक खेलअघि नै फाइनलमा स्थान बनाएको थियो । श्रीलंका अन्तिम खेलमा पाकिस्तानलाई दुई विकेटले हराउँदै उपाधि नजिक पुगेको हो । सुपर फोरको अन्तिम खेलमा भारत अप्रत्याशित रूपमा बंगलादेशसँग ६ रनले पराजित भएको थियो ।

६ टोली सहभागी एसिया कपको १६औँ संस्करणमा एसोसिएट राष्ट्र नेपाल र टेस्ट राष्ट्र अफगानिस्तान समूह चरणबाटै बाहिरिएका थिए । नेपाल पहिलोपटक एसिया कपमा सहभागी भएको थियो ।

श्रीलंकन मौसम विभागले फाइनलको दिन ९० प्रतिशत वर्षा हुने जनाएको छ । वर्षाले प्रभावित भए खेल रिजर्भ डेमा पुग्नेछ । यसअघि सुपर फोरमा भारत र पाकिस्तानबीचकोे खेल रिजर्भ डेमा खेलाइएको थियो ।

भारतले बंगलादेशविरुद्ध पूर्वकप्तान विराट कोहली, हार्दिक पाण्ड्यासहित पाँच खेलाडीलाई विश्राम दिएको थियो । घाइते भएका अक्षर पटेलको स्थानमा स्पिनर वासिंगटन सुन्दर खेल्ने सम्भावना छ । श्रीलंकाका महेश थिक्क्षना पनि घाइते हुँदा फाइनल खेल गुमाउनेछन् ।

एसिया कप इतिहासमा भारतले सन् १९८४, १९८८, १९९०/९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो । श्रीलंकाले सन् १९८६, १९९७, २००४, २००८, २०१४ र २०२२ गरी ६ पटक उपाधि जितेको छ ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP