चैत्र ६, २०८२ शुक्रबार | २३:३१:३६
पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा

एसिसी यु-१९ प्रिमियर कपः २४ खेलाडी बन्द प्रशिक्षणमा

फाइल फोटो

काठमाडौं । अक्टोबर १२ देखि २४ सम्म मलेसियामा हुने एसियन क्रिकेट काउन्सिल (एसिसी) पुरुष यु-१९ प्रिमियर कपका लागि नेपाल क्रिकेट संघ(क्यान)ले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

क्यानले शुक्रबार सामाजिक संजाल फेसबुकमार्फत २४ खेलाडीको नाम सार्वजनिक गरेको हो ।

प्रिमियर कपमा १६ एसोसियट टोलीले प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली र तेस्रो हुने टोलीले पाकिस्तानमा हुने एसिसी यु-१९ एसिया कप २०२३ मा स्थान बनाउनेछन् । प्रिमियर कपका सबै खेलहरु ५० ओभरको हुनेछन् । प्रतियोगिता वाइएसडी-युकेयम ओभल, बायुमास ओभल र डाटो डाक्टर हर्जित सिंह जोहोर क्रिकेट काउन्सिल एन्ड एकेडेमी ओभलमा हुनेछ ।

नेपाल प्रतियोगिताको समूह ‘ए’मा छ । नेपाल सम्मिलित समूहमा बहराइन, साउदी अरबिया र इरान छन् ।

नेपालले अक्टोबर १२ मा इरानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यसपछि अक्टोबर १५ गते बहराइन र १८ गते साउदी अरबियासँग खेल्नेछ । समूहको शीर्ष स्थानमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ ।

बन्द प्रशिक्षणका लागि बोलाइएका २४ खेलाडी

आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, उत्तम थापा मगर, दिपेश कन्डेल, हेमन्त धामी, दीपक बोहरा, दीपक डुम्ब्रे, दुग्रेश गुप्ता, आकाश चन्द, देव खनाल, सुवास भण्डारी, विशाल केसी, मिलन बोहरा प्रज्वल थापा, टुल बाहादुर थापा, निर्मल गुरुङ, राजेश यादव, विपीन रावल, युनिस सिंह ठकुरी, अशोक पौड्यल, अभिनास तिवारी, नरेन भट्ट, नीरज यादव

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो