चैत्र १४, २०८२ शनिबार | ०८:०३:३८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

‘सुपर फोर’मा पाकिस्तानको विजय सुरुआत

काठमाडौं । बंगलादेशलाई सात विकेटले हराउँदै आयोजक पाकिस्तानले एसिसी एसिया कपको सुपर फोरमा विजय सुरुआत गरेको छ ।

बुधबार राति लाहोरमा भएको खेलमा पाकिस्तानले ओपनर उमाम उल हक तथा मोहम्मद रिजवान र बलिङतर्फ हरिस राउफको उत्कृष्ट प्रदर्शनमा सहज जित निकालेको हो । जितपछि पाकिस्तानले सुपर फोरमा दुई अंक बटुलेको छ ।

बंगलादेशले दिएको एक सय ९४ रनको लक्ष्य पाकिस्तानले ३९.३ ओभरमा तीन विकेट गुमाएर पुरा गरेको हो । ओपनर उल हकले ८४ बलमा ७८ रन बनाए । उनले पाँच चौका र चार छक्का प्रहार गरेका थिए ।

विकेटकिपरसमेत रहेको रिजवानले ६३ रनको इनिङ खेले । ७९ बलमा सात चौका र एक छक्का प्रहार गर्दै अविजित रहे । यसअघि ओपनर फखर जमानले २०, कप्तान बाबर आजमले १७ र अघा सलमान १२ रन बनाएका हुन् ।

पहिलो विकेटको लागि जमान र उल हकबीच ३५ तथा तेस्रो विकेटको लागि रिजवान र उल हकबीच ८५ रनको बलियो साझेदारी भएको थियो । रिजवान र सलमानले अविजित ३५ रनको साझेदारी गरेका थिए ।

यसअघि टस जितेर सुरुआती ब्याटिङ गरेको बंगलादेशले ३८.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र एक सय ९३ रन बनाउन सक्यो । कप्तान सकिव अल हसन र मुसफिकर रहिमले अर्धसतक बनाए । ५७ बलमा सात चौका प्रहार गरेका सकिबले ५३ रन बनाए । रहिमले ६४ रन प्रहार गरे । दुईबीच पाँचौ विकेटको लागि एक सय रनको साझेदारी भएको थियो ।

बलिङतर्फ पाकिस्तानका हरिस राउफले सर्वाधिक चार विकेट लिएका छन् । प्लेयर अफ दि म्याच हरिसले ६ ओभरमा १९ रन मात्रै खर्चिए । यसैगरी नसिम शाहले ५.४ ओभरमा ३४ रन खर्चिँदै तीन विकेट हात पारे ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो