माघ १८, २०८२ आइतबार | १०:४३:२८
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

‘सुपर फोर’मा पाकिस्तानको विजय सुरुआत

काठमाडौं । बंगलादेशलाई सात विकेटले हराउँदै आयोजक पाकिस्तानले एसिसी एसिया कपको सुपर फोरमा विजय सुरुआत गरेको छ ।

बुधबार राति लाहोरमा भएको खेलमा पाकिस्तानले ओपनर उमाम उल हक तथा मोहम्मद रिजवान र बलिङतर्फ हरिस राउफको उत्कृष्ट प्रदर्शनमा सहज जित निकालेको हो । जितपछि पाकिस्तानले सुपर फोरमा दुई अंक बटुलेको छ ।

बंगलादेशले दिएको एक सय ९४ रनको लक्ष्य पाकिस्तानले ३९.३ ओभरमा तीन विकेट गुमाएर पुरा गरेको हो । ओपनर उल हकले ८४ बलमा ७८ रन बनाए । उनले पाँच चौका र चार छक्का प्रहार गरेका थिए ।

विकेटकिपरसमेत रहेको रिजवानले ६३ रनको इनिङ खेले । ७९ बलमा सात चौका र एक छक्का प्रहार गर्दै अविजित रहे । यसअघि ओपनर फखर जमानले २०, कप्तान बाबर आजमले १७ र अघा सलमान १२ रन बनाएका हुन् ।

पहिलो विकेटको लागि जमान र उल हकबीच ३५ तथा तेस्रो विकेटको लागि रिजवान र उल हकबीच ८५ रनको बलियो साझेदारी भएको थियो । रिजवान र सलमानले अविजित ३५ रनको साझेदारी गरेका थिए ।

यसअघि टस जितेर सुरुआती ब्याटिङ गरेको बंगलादेशले ३८.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र एक सय ९३ रन बनाउन सक्यो । कप्तान सकिव अल हसन र मुसफिकर रहिमले अर्धसतक बनाए । ५७ बलमा सात चौका प्रहार गरेका सकिबले ५३ रन बनाए । रहिमले ६४ रन प्रहार गरे । दुईबीच पाँचौ विकेटको लागि एक सय रनको साझेदारी भएको थियो ।

बलिङतर्फ पाकिस्तानका हरिस राउफले सर्वाधिक चार विकेट लिएका छन् । प्लेयर अफ दि म्याच हरिसले ६ ओभरमा १९ रन मात्रै खर्चिए । यसैगरी नसिम शाहले ५.४ ओभरमा ३४ रन खर्चिँदै तीन विकेट हात पारे ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।