माघ १८, २०८२ आइतबार | १५:२५:४७
काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित

अफगानिस्तानविरुद्ध रोमाञ्चक जित निकाल्दै श्रीलंका ‘सुपर फोरमा ’

काठमाडौं । अफगानिस्तानविरुद्ध दुई रनको रोमाञ्चक जित निकाल्दै श्रीलंका एसिसी एसिया कपको सुपर फोरमा प्रवेश गरेको छ । योसँगै श्रीलंकाले लगातार १२ एकदिवसीय खेल जितेको छ ।

अन्तिम क्रममा क्रिजमा आएका फजलहाक फारुक र मुजिव उर रहमान शुन्यमा पेभिलियन फर्किएपछि अफगानिस्तान लगातार दोस्रो हार बेहोर्न पुग्यो ।

श्रीलंकाले दिएको दुई सय ९१ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३७.४ ओभरमा मात्र दुई सय ८९ रन बनाउन सक्यो ।

यस खेलसँगै समूह ‘बी’ बाट श्रीलंका सतप्रतिशत जितसहित शीर्षस्थान र दुई अंक बोकेको बंगलादेश सुपर फोरमा प्रवेश गरेका छन् । समूह ‘ए’ बाट पाकिस्तान र भारत अघिल्लो चरणमा प्रवेश गर्दा नेपाल बाहिरियो ।

पाकिस्तानको लोहोरमा भएको खेलमा श्रीलंकाले दिएको दुई सय ९१ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३७.४ ओभरमा मात्र दुई सय ८९ रन बनाउन सक्यो । रसिद खानले अविजित १६ बलमा २७ रन बनाएका हुन् ।

यसअघि अफगानिस्तानको लागि मोहम्मद नाबीले आक्रमक ब्याटिङ गर्दै ३२ बलमा सर्वाधिक ६५ रनको योगदान गरेका थिए । कप्तान हस्मततुल्लाह शाहिदीले ५९ रन बनाएका हुन् । रहमत शाहले ४५, नजिवुल्लहा जाद्रनले २३, करिम जनतले २२र गुलबादिन नाइवले २२ रनको योगदान गरे ।

ओपनर रहमदुल्लाह गुर्वाज ४ र इब्राहिम जाद्रन सात रनमा आउट भएका थिए । नाबी र कप्तान साहिदीबीच ८० तथा शाहिदी र रहमतबीच ७१ को दुई बलियो साझेदारी भएको थियो ।

 श्रीलंकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ९१ रन बनाएको थियो । तेस्रो क्रममा क्रिजमा आएका कुशल मेन्डिसल ९२ रनको इनिङ खेलेका हुन् । ८४ बलमा ६ चोका र तीन छक्का प्रहार गरे । 

श्रीलंकाका बलर कसुन रजिथाले सर्वाधिक चार विकेट हात पारे । यसैगरी दुनि वेलालग र धनंजय डी सिल्भाले समान दुई विकेट लिएका छन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ९१ रन बनाएको थियो । तेस्रो क्रममा क्रिजमा आएका कुशल मेन्डिसल ९२ रनको इनिङ खेलेका हुन् । ८४ बलमा ६ चोका र तीन छक्का प्रहार गरे । 

मेन्डिस र अशलंकाबीच एक सय दुई रनको बलिया साझेदारी भएको थियो ।  ओपनर पथुम निशंकाले ४१ र दिमुथ करुनारत्नेले ३२ रन बनाए । करुनारत्ने र निशंकाबीच पहिलो विकेटको लागि ६३ रनको साझेदारी भयो ।

चारिथ असलंकाले ३६, दुनिथले ३३ र महेश थीक्सनाले २८ रन बनाएका थिए । अगफानिस्तानका गुल्बादिन नाइबले सर्वाधिक चार विकेट लिएका थिए ।

 

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।