वैशाख ३०, २०८२ मंगलबार | ०५:२७:५२
भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास डिएभी स्कुल च्याम्पियन नापोलीलाई पछ्याउँदै इन्टर मिलान पाकिस्तानलाई पब्जी मोबाइल एसियन सोडाउनकाे उपाधि भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास डिएभी स्कुल च्याम्पियन नापोलीलाई पछ्याउँदै इन्टर मिलान पाकिस्तानलाई पब्जी मोबाइल एसियन सोडाउनकाे उपाधि

श्रीलंका विश्वकप नजिक

काठमाडौं । श्रीलंकाले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेदरल्यान्ड्सलाई २१ रनले पराजित गरेको छ ।

जितसँगै ३ खेलमा ६ अंक जोडेर सुपर सिक्सको शीर्ष स्थानमा उक्लिएको श्रीलंकाले विश्वकप सम्भावनालाई बलियो बनाएको छ । पराजयसँगै  समान खेलबाट २ अंकका साथ चौथौ स्थानमा रहेको नेदरल्यान्ड्सको विश्वकप सम्भावना कमजोर बनेको छ  ।

जिम्बावेको क्विन्स स्पोर्टस क्लबमा शुक्रबार श्रीलंकाले प्रस्तुत गरेको २ सय १४ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४० ओभरमा १ सय ९२ रनमा समेटियो ।

नेदरल्यान्ड्सका लागि कप्तान स्कट एड्वार्डस ६८ बलमा ४ चौका र २ छक्काको मद्दतमा अविजित ६७ रनको योगदान गरे । यसैगरी विस्ली बरेसीले  ५० बलमा ६ चौका र १ छक्काको मद्दतमा ५२ र बास डि लिडेले ४१ रन जोडे ।

तेस्रो विकेटका लागि बरेसी र लिडेले ७७ रनको साझेदारी गरे ।

श्रीलंकाका लागि महेश थिक्सेनाले ३, वानिन्दु हसरंगाले २ तथा  लाहिरु कुमार, दिलशन मधुसंका र कप्तान दासुन सनकाले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले ४७.४ ओभरमा सबै विकेट गुमाउँदै २ सय १३ रनको योगफल तयार पारेको थियो ।

श्रीलंकाका लागि धनन्जय डि सिल्भाले १ सय ११ बलमा ८ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ९३ रनको योगदान गरे । यसैगरी दिमुथ करुणारत्नेले ३३, महेश थिक्सेनाले २८, वानिन्दु हसरंगाले २० र कुशल मेन्डिसले १० रन जोडे ।

आठौं विकेटका लागि डि सिल्भा र थिक्सेनाले ७७ रनको साझेदारी गरे ।

नेदरल्यान्ड्सका लागि बास डि लिडे र लोगन भान बिकले समान ३, साकिब जुल्फिकरले २ तथा रायन केलिन र आर्यन दत्तले समान एक विकेट लिए । 
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP