चैत्र ८, २०८२ आइतबार | १०:०९:५९
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

दोस्रो एकदिवसीयमा श्रीलंकाको फराकिलो जित

काठमाडौं । घरेलु टोली श्रीलंकाले एकदिवसीय अन्तर्राष्ट्रिय शुंखलाको दोस्रो खेलमा अफगानिस्तानमाथि १ सय ३२ रनको फराकिलो जित निकालेको छ ।

श्रीलंकाको जितसँगै तीन खेलको शृंखला १-१ को बराबरीमा आएको छ । पहिलो खेलमा अफगानिस्तान ६ विकेटले विजयी भएको थियो ।

श्रीलंकाले प्रस्तुत गरेको ३ सय २४ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४२.१ ओभरमा १ सय ९१ रनमा समेटियो ।

अफगानिस्तानका लागि ओपनर इब्राहिम जाद्रन र कप्तान हशमतुल्लाह शाहिदीले अर्धशतकीय इनिङ खेले पनि टोलीको हार टार्न भने सकेनन् ।

शाहिदीले ६२ बलमा ६ चौकाको मद्दतमा ५७, जाद्रनले ७५ बलमा समान दुई चौका र छक्काको मद्दतमा ५४, रहमत शाहले ३६ तथा अजमतुल्लाह ओमरजाइले २८ रन बनाए ।

तेस्रो विकेटका लागि शाहिदी र जाद्रनले ८४ रनको साझेदारी गरेका थिए ।

श्रीलंकाका लागि  वानिन्दु  हषरंगा र धनन्जय डि शिल्भाले समान तीन तथा दुश्मन्था चमिराले दुई  विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय २३ रनको योगफलत तयार पारेको थियो । श्रीलंकाका लागि कुशल मेन्डिसले ७५ बलमा सात चौका र एक छक्काको मद्दतमा सर्वाधिक ७८ रनको योगदान गरे ।

 यसैगरी दिमुथ करुणारत्नेले  ६२ बलमा सात चौकाको मद्दतमा ५२ रन, पाथुम निसंकाले  ४३ सदिरा समाराविक्रमाले ४४, वानिन्दु हसरंगा र धनन्जय डि सिल्भाले अविजित रहँदै समान २९ तथा  दासुन शनका २३ रन जोडे ।  

पहिलो विकेटका लागि  करुणारत्ने र निसंकले  ८२ रनको साझेदारीका गरेका थिए ।

अफगानिस्तानका  लागि मोहम्मद नाबी र फरिद अहमदले समान दुई तथा मुजिब उर रहमान र नूर अहमदले समान एक विकेट लिए ।

शृंखलाको तेस्रो तथा निर्णायक खेल बुधबार हुनेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो