माघ १७, २०८२ शनिबार | १८:३४:१२
नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने

दोस्रो एकदिवसीयमा श्रीलंकाको फराकिलो जित

काठमाडौं । घरेलु टोली श्रीलंकाले एकदिवसीय अन्तर्राष्ट्रिय शुंखलाको दोस्रो खेलमा अफगानिस्तानमाथि १ सय ३२ रनको फराकिलो जित निकालेको छ ।

श्रीलंकाको जितसँगै तीन खेलको शृंखला १-१ को बराबरीमा आएको छ । पहिलो खेलमा अफगानिस्तान ६ विकेटले विजयी भएको थियो ।

श्रीलंकाले प्रस्तुत गरेको ३ सय २४ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४२.१ ओभरमा १ सय ९१ रनमा समेटियो ।

अफगानिस्तानका लागि ओपनर इब्राहिम जाद्रन र कप्तान हशमतुल्लाह शाहिदीले अर्धशतकीय इनिङ खेले पनि टोलीको हार टार्न भने सकेनन् ।

शाहिदीले ६२ बलमा ६ चौकाको मद्दतमा ५७, जाद्रनले ७५ बलमा समान दुई चौका र छक्काको मद्दतमा ५४, रहमत शाहले ३६ तथा अजमतुल्लाह ओमरजाइले २८ रन बनाए ।

तेस्रो विकेटका लागि शाहिदी र जाद्रनले ८४ रनको साझेदारी गरेका थिए ।

श्रीलंकाका लागि  वानिन्दु  हषरंगा र धनन्जय डि शिल्भाले समान तीन तथा दुश्मन्था चमिराले दुई  विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय २३ रनको योगफलत तयार पारेको थियो । श्रीलंकाका लागि कुशल मेन्डिसले ७५ बलमा सात चौका र एक छक्काको मद्दतमा सर्वाधिक ७८ रनको योगदान गरे ।

 यसैगरी दिमुथ करुणारत्नेले  ६२ बलमा सात चौकाको मद्दतमा ५२ रन, पाथुम निसंकाले  ४३ सदिरा समाराविक्रमाले ४४, वानिन्दु हसरंगा र धनन्जय डि सिल्भाले अविजित रहँदै समान २९ तथा  दासुन शनका २३ रन जोडे ।  

पहिलो विकेटका लागि  करुणारत्ने र निसंकले  ८२ रनको साझेदारीका गरेका थिए ।

अफगानिस्तानका  लागि मोहम्मद नाबी र फरिद अहमदले समान दुई तथा मुजिब उर रहमान र नूर अहमदले समान एक विकेट लिए ।

शृंखलाको तेस्रो तथा निर्णायक खेल बुधबार हुनेछ ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।