चैत्र १६, २०८२ सोमबार | १०:१२:०६
फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा

मधेसको विजयी सुरुआत

जनकपुर । आयोजक मधेस प्रदेशले दोश्रो संस्करणको महेन्द्र नारायण निधि ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

जनकपुरस्थित रामजानकी रंगशालामा साेमबार भएको उद्घाटन खेलमा आयोजक मधेशले कोशी प्रदेशलाई दुई विकेटले पराजित गरेको हो ।

कोशीले प्रस्तुत गरेको एक सय २६ रनको लक्ष्य मधेसले १९.३ ओभरमा आठ विकेट गुमाउँदै भेट्टायो। मधेसका इम्रान शेखले ३८, पवन सरार्फले ३७,विशाल सुस्लिङले १५ तथा अनिल साह र रुपेश सिंहले समान १० रन बनाए ।

कोशीका लागि दिपेश कँडेलले तीन तथा मुकुन्द यादव र प्रकाश कार्कीले समान दुई विकेट लिए ।

यसअघि टस हारेर  ब्याटिङको निम्तो पाएको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै एक सय २५ रनको योगफल तयार पारेको थियो ।

। कोशीका लागी फिर्दोश अन्सारिले ३७, सिद्धान्त लोहनीले २७ र सुजन थपलियाले २८ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

मधेशका लागि रुपेश सिंह र विशाल सुस्लिङले समान दुई तथा तथा विशाल पटेलले एक विकेट लिए ।

जितसँगै मधेसले दुई अंक जोड्दा कोशीले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

मंगलबार बिहान ९ बजे सुरु हुने पहिलो खेलमा मधेसले गण्डकीको सामना गर्दा दिउँसो १ बजे सुरु हुने दोस्रो खेलमा कोशीले बागमती प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो