प्रतिश जिसी

क्रिकेटर प्रतिश सम्मानित

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका सदस्य प्रतिश जिसीलाई प्युठानको झिमरुक गाउँपालिकाले बिहीबार नगद एक लाख रुपैयाँसहित सम्मान गरेको छ ।

हालै यूएईमा सम्पन्न भएको आइसीसी यु-१९ पुरुष विश्वकप छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका प्रतिश झिमरुक गाउँपालिका–३ लामसेराका स्थायी बासिन्दा हुन् ।

प्रतिशले तीन साता अघि आइसिसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा पपुवा न्युगिनीविरुद्ध  खेल्दै सिनियर टोलीबाट अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए ।

प्रतिशलाई खेल क्षेत्रमा थप हौसला मिलोस भनेर व्यक्तिगत रुपमै गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेल र अमेरिका बस्ने कुसराज पोख्रेलले समान ५० हजार रुपैयाँ प्रदान गरेका हुन् ।