न्युजिल्यान्ड क्रिकेट

फर्गुसनले श्रीलंकाविरुद्धको पहिलो एकदिवसीय गुमाउने

काठमाडौं । न्युजिल्यान्डका तिब्र गतीका बलर लोकी फर्गुसनले ह्यामस्ट्रिङको चोटका कारण श्रीलंकाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रियको पहिलो खेल गुमाउने भएका छन् ।

अकल्यान्डका लागि पहिलो श्रेणीको क्रिकेट खेल्ने क्रममा फर्गुसनको ह्यामस्ट्रिङको समस्या बल्झिएको हो । चोट नलागेको भए पनि फर्गुसनले इन्डियन प्रिमियर लिग (आएपिएल)का करण पहिलो खेल मात्र खेल्ने तालिका थियो । फोर्गुसन आइपिएल टोली कोलकाता नाइटराइडर्समा अनुबनध भएका छन् ।

फर्गुसनसहित फिन एलन र ग्लेन फिलिप्स पहिलो खेलपछि भारत प्रस्तान गर्ने तालिका थियो । यसैगरी केन विलियम्सन, टिम साउथी, डेभोन कोनवे, मिचेल सान्टनर र माइकल ब्रेसवेलले भने यसअघि नै शृंखला गुमाउने पक्का भइसकेको थियो ।

न्युजिल्यान्ड र श्रीलंकाबीच तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला हुनेछ । शृंखलाको पहिलो खेल शनिबार अकल्यान्डस्थित इडेन पार्कमा हुनेछ ।