भारत अस्ट्रेलिया

निर्णायक खेल खेल्दै भारत र अस्ट्रेलिया

काठमाडौं । घरेलु टोली भारत र अस्ट्रेलियाबीचको अन्तिम तथा निर्णायक एकदिवसीय खेल आज चेन्नईमा हुँदैन । खेल नेपाली समय अनुसार पौने दुई बजे हुनेछ ।

यसअघि भएको पहिलो एकदिवसीय खेल भारतले पाँच विकेटले जितेको थियो । दोस्रो खेलमा अस्ट्रेलिया दश विकेटले विजयी हुँदा शृंखला १–१ को बराबरीमा पुग्यो ।  

स्पिन पिचमा भारत उत्कृष्ट प्रदर्शन गर्न चाहन्छ । तर, पछिल्लो खेलमा ब्याटिङ र बलिङ राम्रो हुन सकेन र भारत लज्जास्पद हार बेहोर्न पुगेको थियो । दुबै खेलाडी उच्च स्कोर बनाउने लक्ष्यमा छन् ।

रोहित शर्माको कप्तानीमा भारतले सुभमन गिल, विराट कोहली, सुर्यकुमार यादव, केएल रावल, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव , मोहम्मद शामी र मोहम्मद सिराजलाई मैदान उतार्न सक्छ ।

पछिल्लो खेलमा फिट नरहेका डेविड वार्नर र ग्लेन म्याक्स्वेल अस्ट्रेलियाको टोलीमा फर्कन सक्छन् । स्टेभन स्मिथको कप्तानीमा वार्नर, ट्राभिस हेड, मिचल मार्स, एलेक्स कारी, क्यामरुन ग्रीन, म्याक्स्वेल, मार्काेस स्टोनिस, सेअन अबोट, मिचल स्टार्क,  एडम जाम्पाले भारतविरुद्ध खेल्नेछन् ।