ललितपुर मेयर्स कप

मधेस प्रदेशको टोली घोषणा

फाइल तस्बिर

काठमाडौं । ललितपुर मेयर्स कप महिला ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि मधेस प्रदेशको घोषणा भएको छ ।

यही चैत नौ देखि १६ गते सम्म हुने प्रतियोगितामा लागि मधेस प्रदेश क्रिकेट संघले मंगलबार कविता गौतमको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।  

टोलीको प्रशिक्षकमा बिकाल विष्ट तथा ब्यवस्थापकमा सुरेखा चौधरी छन् ।

मधेसले प्रतियोगिताको उद्घाटनकै दिन विभागीय टोली नेपाल एपिएफ क्लबको समान गर्नेछ ।

गत माघमा इटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला ट्वान्टी-२० प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका चार टोली सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपिएफ क्लब र मधेस प्रदेश तथा आयोजक ललितपुर मेयर्स ११ गरी  पाँच टोलीले प्रतियोगितामा सहभागिता जनाउने छन् ।

सिंगल राउन्ड रोविन पद्धतीमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

मधेसको टोली

कविता गौतम ( कप्तान), सिमा कुँवर, सरस्वती चोधरी, भूमी सिंह, शान्ती चौधरी, चाँदीन खातु्न, अनु चौधरी, प्रतिमा शाह, अलिशा यादव( विकेटकिपर), सन्तोषी चौधरी, शान प्रविन, दीपा राम, रोजी कडारी, अमिरन निशा

वैकल्पिक खेलाडी
मिना महतो,आरती चौधरी, वन्दाना गुप्ता, अमिषा पटेल