आसिफ शेख

आसिफलाई सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर आसिफ शेखले इङ्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसिसीं)ले प्रदान गर्ने क्रिस्टोफर मार्टिन जेन्किन्स (सिएमजें) स्पिरिट अफ क्रिकेट अवार्ड २०२२ जितेका छन् ।

आसिफले गत वर्षको फागनुमा ओमानमा भएको चार देश सम्मिलित ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामाआयरल्यान्डविरुद्ध देखाएको खेल भवनाका कारण उक्त अवार्ड जितेका हुन् ।

आसिफले आयरल्यान्डका एन्डी म्याकबर्नी रन लिने क्रममा लड्न पुगेपछि रन आउट गरेका थिएनन् । आरिफले यसअघि पनि यही खेल भवनाका कारण आइसिसी स्पिरिट अफ क्रिकेट अवार्ड पनि जितेका थिए ।