लिजेन्ड्स लिग क्रिकेट

एलएलसीः पारस आबद्ध लायन्स उपाधिका लागि जायन्ट्सको सामना गर्दै

काठमाठौं । लिजेन्ड्स लिग क्रिकेट(एलएलसी) को फाइनलमा सोमबार नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का आबद्ध एसिया लायन्सले वर्ल्ड जायन्ट्सको सामना गर्दैछ ।

फाइनल खेल कतारको दोहा स्थित वेस्ट इन्ड पार्क क्रिकेट मैदानमा बेलुका ८ः१५ बजे  सुरु हुनेछ । लायन्स साहिद अफ्रिदी तथा जायन्ट्स आरोन फिन्चको कप्तानीमा मैदान उत्रिने छन् ।

लायन्सले इलिमिनेटरमा इन्डिया महाराजासलाई ८५ रनले पराजित गर्दै  फाइनलमा स्थान बनाएको हो । जायन्ट्स भने समूह चरणको शीर्ष स्थानमा रहँदै सिधै फाइनमा पुगेको थियो ।

लायन्स र जायन्टसबीचसमूह चरणमा भएका दुई भेटमा दुवैले समान एक जित निकालेका थिए । पहिलो खेलमा लायन्स ३५ तथा दोस्रो खेलमा जायन्ट्स २० रनले विजयी भएका थिए ।