एकदिवसीय क्रिकेट

भारतले दियो अस्ट्रेलियालाई एक सय १८ रनको लक्ष्य

काठमाडौं । एकदिवसीय अन्तराष्ट्रिय शृंखलाको दोस्रो खेलमा घरेलु टोली भारतले अस्ट्रेलियासामू एक सय १८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

विसाखापटनममा टस हारेर ब्याटिङको निम्तो पाएकाे भारतले २६ ओभरमा सबै विकेट गुमाउँदै एक सय १७ रनको योगफल तयार पारेको थियो ।  

भारतका लागि विराट कोहलीले सर्वाधिक ३१ , अक्षर पटेलले अविजित २९, रवीन्द्र जडेजाले १६ र कप्तान रोहित शर्माले १३  रन बनाए ।

अस्ट्रेलियाका लागि मिचेल स्टार्कले पाँच, सेन एबटले तीन तथा नाथन एलिसले दुई विकेट लिए ।

अस्ट्रेलिया आजको खेल जित्दै शृंखला बराबरी गर्न चाहन्छ । भारत पनि जित हात पार्दै एक खेल अगावै शृंखलामाथि कब्जा जमाउन चाहन्छ ।

तीन खेलको शृंखलमा भारत १-० ले अघि छ । पहिलो खेल भारतले पाँच विकेटले जितेको थियो ।