वैशाख ३०, २०८२ मंगलबार | ०९:२८:१५
हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास डिएभी स्कुल च्याम्पियन हङकङको सामना गर्दै नेपाल आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास डिएभी स्कुल च्याम्पियन

दीपेन्द्र र भिमसहित पाँच क्रिकेटरलाई सुदूरपश्चिम प्रदेश सरकारले सम्मान गर्ने

काठमाडौं । नेपाललाई विश्वकप छनोटमा पुर्याउन महत्वपूर्ण भुमिका निबार्ह गरेको अलराउन्डर दीपेन्द्रसिंह ऐरी र ब्याटर भिम सार्कीलाई सुदूरपश्चिम प्रदेश सरकारले जनही दुई लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ ।

यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले टोलीमा परेका सन्दीप जोरालाई एक लाख तथा अन्तिम १८ रहेका कमलसिंह ऐरी र अर्जुन साउदलाई जनही ५० हजार दिने घोषणा गरेको हो।

नेपाल आइसिसी विश्वकप क्रिकेट लिग-टु को अन्तिम खेलमा बिहीबार युएईमाथि डकवर्थ लेविस पद्धतिकोआधारमा नौ रनको जित निकालेसँगै सिधै विश्वकप छनोटमा पुगेको हो ।

युएईले प्रस्तुत गरेको तीन सय ११ रनको लक्ष्य पछ्याएको नेपाल ४४ ओभरमा ६ विकेट गुमाउँदै दुई सय ६९ रन बनाएको अवस्थामा खराब प्रकाशका कारण खेल रोकिएको थियो । त्यसपछि डकवर्थ लेविस पद्धतिको आधारमा नेपाल विजयी भयो ।

नेपाल लिग टुका ३६ खेलमा ४० अंक जोड्दै तेस्रो स्थानमा रह्यो । लिग टुबाट बाट स्कटल्यान्ड च्याम्पियन, ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा पुगेका हुन् ।

जिम्बाब्वेमा आगमी जुन जुलाईमा हुने छनोटमा कुल १० टोली हुन्छन् । विश्वकप छनोटमा सुपर लिगका पुछारका पाँच टोली, आइसिसी लिग टुका का शीर्ष तीन टोली नेपाल, ओमान र स्कटल्यान्ड र प्लेअफ छनोटका शीर्ष दुई टोली गरि कुल १० टोली हुनेछन् ।

यसबाट शीर्ष दुई टोली भारतमा हुने एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन् ।

यसअघि प्रदेश सरकारले आइसिसी यु-१९ विश्वकपमा छनोट भएको टोलीका खेलाडीलाई जनही एक लाख र अफिसियललाई ५० हजार रुपैयाँसहित सम्मान गरने सरकारले घोषणा गरेको थियो ।

नेपालले युएईमा सम्पन्न छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहँदै सन् २०१६ पछि यु–१९ विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP