वैशाख ३०, २०८२ मंगलबार | १२:४८:२६
धिरेन्द्रमाथिको प्रतिबन्ध फुकुवा फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल नेपाल हङकङकाे सामना गर्दै आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक धिरेन्द्रमाथिको प्रतिबन्ध फुकुवा फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल नेपाल हङकङकाे सामना गर्दै आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक

पिएनजीले युएईलाई हरायो

काठमाडौं । पपुवा न्युगीनी (पिएनजी) ले आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत शुक्रबार सम्पन्न खेलमा युएईलाई ५६ रनले पराजित गरेको छ ।

यस जितसँगै ३४ खेलमा ११ अंकका साथ पिएनजी सातौं स्थामा रहँदा पराजय ब्यहोरेको युएई ३३ खेलमा ३१ अंक जोडेर छैटौं स्थामा छ ।

कीर्तिपुरस्थित त्रिभुव विश्वविद्यालयको क्रिकेट मैदानमा  पिएनजीले प्रस्तुत गरेको दुई सय ४७ रनको लक्ष्य पछ्याएको युएई ४२.२ ओभरमा एक सय ९० रनमै समेटियो ।

युएईका लागि आर्यन लाक्राले ७२ बलमा पाँच चौका र एक छक्का मद्दतमा सर्वाधिक ५१ रन जोडे । यसैगरी  कप्तान मोहम्मद बसिमले ४१, सिपी रिजवान र जवार फारिदले समान १९, कार्तिक मैयप्पनले १४ र आसिफ खानले ११ रन बनाए ।

पिएनजीका लागि राइली हिकुरेले तीन, काबुआ मोरिया र कप्तान असाद भालले समान दुई तथा सिमो कामिया र नोर्मन भानुआले समान एक विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ४६ रनको योगफल तयार पारेको थियो ।

पिएनजीका लागि सेसे बाउले एक सय ६ बलमा १० चौकका मद्दतमा अविजित ८१ रन बनाए । यसैगरी हिरी हिरीले ८५ बलमा पाँच चौका र चार छक्काको मद्दतमा ७७, किप्लिन डोरिगाले ४४ बलमा आठ चौका र दुई छक्का मद्दतमा ५५  तथा चाड सोपार र नोर्मन भानुआले समान १० रन जोडे ।

दोस्रो विकेटका लागि बाउ र हिरीले एक सय १२ तथा पहिलो विकेटका लागि हिरी र डोरिगताले ७२ रनको साझेदारी गरेका थिए ।

युएईका लागि आयन अफ्जल खानले तीन, जुनैद सिद्धिकी र जाहुर खानले समान दुई तथा रोहन मुस्ताफा र कार्तिक मैयप्पनले समान एक विकेट लिए ।

पिएनजी बिहिबारसम्पन्न खेलमा नेपालसँग ५२ रनले पराजित भएको थियो ।

लिग टुमा ३३ खेलबाट ३४ अंक जोडेर नेपाल पाँचौँ स्थानमा छ ।

लिग टुका सबै खेल खेल्दै ५० अंकका साथ शीर्ष स्थान तथा ४४ अंकसहित दोस्रो स्थानमा रहेका स्कटल्यान्ड र ओमानले विश्वकप छनोट खेल्ने पक्का भैसकेको छ । तेस्रो स्थानको टोलीले पनि विश्वकप छनोट खेल्ने भएकाले त्यसका लागि नामिबिया, युएई र नेपाल प्रतिस्पर्धामा छन् ।

तेस्रो स्थानको नामिबियाको ३९, पाँचौ स्थानको अमेरिकाको ३५ अंक छ । पिएनजी ३२ खेलमा नौ अंक जोडेर सातौं स्थानमा छ । नामिबिया र अमेरिकाले पनि लिगका सबै खेल खेलिसकेका छन् । नेपाल र युएईले समा तीन तथा पिएनजीले दुई खेल खेल्न बाँकी छ । 

 

 

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP