वैशाख ३०, २०८२ मंगलबार | १३:४८:२२
धिरेन्द्रमाथिको प्रतिबन्ध फुकुवा फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल नेपाल हङकङकाे सामना गर्दै आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक धिरेन्द्रमाथिको प्रतिबन्ध फुकुवा फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल नेपाल हङकङकाे सामना गर्दै आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक

ट्वान्टी-२० विश्वकपः भारतलाई हराउँदै अस्ट्रेलिया सातौं पटक फाइनलमा

काठमाडौं ।  साबिक उपविजेता भारतलाई पाँच रनले हराउँदै साबिक विजेता अस्ट्रेलिया दक्षिण अफ्रिकामा जारी आइसिसी महिला ट्वान्टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

अस्ट्रेलिया सातौं पटक विश्वकप फाइनलमा प्रवेश गरेको हो । अस्ट्रेलियाले यसअघि सम्पन्न सात मध्ये ६ ट्वान्टी-२० विश्वकपको फाइनल खेल्दा पाँच पटक च्याम्पियन बनेको छ ।

 अस्ट्रेलिया सन् २०१०,२०१२, २०१४,२०१८ र २०२० मा च्याम्पियन बन्दा सन् २०१६ को फाइनलमा वेस्ट इन्डिजसँग पराजित भएको थियो । अस्ट्रेलियाले सन् २००९ को पहिलो संस्करणको फाइनल खेलेको थिएन ।

बिहिबार केप टाउनस्थित न्युल्यान्ड क्रिकेट मैदानमा अस्ट्रेलियाले प्रस्तुत गरेको एक सय ७२ रनको लक्ष्य पछ्याएको भारतले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै एक सय ६७ रन मात्र बनाउन सक्यो  ।

भारतका लागि कप्तान हरमनप्रीत कौरले ३४ बलमा ६ चौका र एक छक्का मद्दतमा ५२ रनको अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जित दिलाउन भने सकिनन् । यसैगरी जेमिमाह रोड्रिगेजले ४३, दीप्ती शर्माले अविजित २०, ऋचा घोषले १४ र स्नेहा रानाले ११ रन जोडे ।

चौथो विकेटका लागि कौर र रोड्रिगेजले ६९ रनको साझेदारी गरेका थिए ।

अस्ट्रेलियाका लागि एस्लेघ गार्डनर र डार्सी ब्राउनले समान दुई तथा मेगन स्कट र जेस जोनसेन समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा चार विकेट गुमाउँद एक सय ७२ रनको योगफल तयार पारेको थियो । अस्ट्रेलियाका लागि बेथ मोनीले ३७ बलमा सात चौका र एक छक्काको मद्दतमा सर्वाधिक ५४ रन जोडिन् ।

यसैगरी कप्तान मेग लनिङले अविजित ४९, एस्लेघ गार्डनरले ३१ र एलिस हेलीले २५ रन बनाए ।

मोनी र हेलीले पहिलो विकेटका लागि ५२ तथा लनिङ र गार्डनरले तेस्रो विकेटका लागि ५३ रनको साझेदारी गरेका थिए ।  

भारतका लागि शिखा पाण्डेले दुई तथा दीप्ती शर्मा र रेखा यादवले समान एक विकेट लिए ।

अस्ट्रेलिया समूह ‘ए’ को विजेता तथा भारत समूह ‘बी’ को उपविजेताका रूपमा सेमिफाइनलमा पुगेका थिए ।

गत संस्करणको फाइनलमा भारतलाई नै ८५ रनले हराउँदै अस्ट्रेलिया च्याम्पियन बनेको थियो ।

 

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP