काठमाडौं । नेपालका ‘ए’ टोलीका महिला तथा पुरुष खेलाडी र भारतको पन्जाबका खेलाडीबीच मैत्रीपूर्ण बक्सिङ खेल सम्पन्न भएको छ ।
एक दिने खेल पोखरा रंगशालामा शुत्रबार सम्पन्न भएको हो । खेलमा १२ वटा तौल समूह समावेश गरिएको थियो ।
पुरुष ५१ किलो तौल समुहका नेपालका रविन थापाले पन्जाबका सुभम पाण्डेलाई २ः१ को आधारमा हराए । ५७ किलो तौलमा नेपालका भुपेन्द्र थापामगरले भारतका विनय रौनिया ३ः० को आधारमा पराजित गरे ७१ किलो तौल समुहमा भारतका जशन प्रीतले नेपालका दिपेश लामालाई ३ः० को युनानिमस डिसिजनमा पराजित गरे ।
८० किलो तौल समुहमा नेपालका दिपक श्रेष्ठले भारतका मुस्तफा हनितलाई ३ः० अंकको आधारमा पराजित गरे भने ९२ किलामा भारतका जगविन्दरले नेपालका रविन नेपाललाई आरएससीको आधारमा स्तब्ध बनाए । ९२ प्लस किलोमा नेपालका आशिष दुवाडीले भारतका केपी सिंहलाई ३ः० मा हराए ।
महिलातर्फ ५० किलो तौल समुहमा नेपालकी शुष्मा तामाङले भारतकी कोमल लाई ३ः०को युनानिमसको आधारमा पराजित गरिन् । ५४ किलोमा नेपालकी मिनु गुरुङले भारतकी अरिवालाई २ः१ को स्पिलट डिसिजनमा, ५७ किलोमा नेपालकी चन्द्रकला थापाले ३ः० अंकको अधारमा भारतकी मनितलाई स्तब्ध बनाए ।
यसैगरी ६० किलो तौलमा भारतकी मन्दिप कौरले नेपालकी संगीता सुनारलाई ३ः० र ६६ किलो तौलमा पन्जाबी कोमल प्रीतले २ः१अंकको आधारमा नेपालकी विनिता थापामगरलाई पराजित गरे ।