चैत्र ७, २०८२ शनिबार | १८:१८:२०
विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा

अनिश र सन्तोषी च्याम्पियन

म्याराथनका शीर्ष तीन ।

लुम्बिनी । अनिश थापामगर तथा सन्तोषी श्रेष्ठ तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा शनिबार च्याम्पिन बनेका छन् ।  

अनिशले पुरुष म्याराथन र सन्तोषीले महिला हाफ म्याराथनको उपाधि जिते ।

अनिशले २ घण्टा २० मिनेट र १९ सेकेन्डमा दौड पूरा गरे ।  सुशीलकुमार शाही २ घण्टा २० मिनेट र २५ सेकेन्डका साथ दोस्रो स्थानमा रहे ।  यस्तै तेस्रो हुने केन्याली धावक स्टेफन कोसीले २ घण्टा २० मिनेट ४८ सेकेन्डमा दौड टुंग्याएका थिए ।

अनिशले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गरे । यस्तै सुशीलले २ सय ५० र स्टेफनले १ लाख ५० हजार रुपैयाँ हात पारे ।

सन्तोषीले १ घण्टा २० मिनेट २५ सेकेन्डमा दौड पूरा गरिन् । पूर्णलक्ष्मी न्यौपाने १ घण्टा २१ मिनेट ३७ सेकेन्डका दोस्रो र  चेन वेइ  २ घण्टा २४ सेकेन्डको समय निकाल्दै तेस्रो भइन् ।

 महिला हाफ म्याराथनका पदक विजेता । 

हाफ म्यानराथनका शीर्ष तीनले क्रमशः १ लाख ५० हजार, १ लाख र ८० हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै पुरुष ५ किलोमिटर दौडमा नागेश्वर अहिर, गणेशसिंह रावत र भुपेन्द्र सुनार शीर्ष तीनमा रहे । नागेश्वरले १५ मिनेट ४६.८ सेकेन्डमा दौड पूरा गरे ।

गणेशले १५ मिनेट ५०.४ सेकेन्ड र भुपेन्द्रले १६ मिनेट १ सेकेन्डको सामय निकाले । महिला ५ किलोमिटर दौडमा २१ मिनेट १४।४४ सेकेन्डमा दौड पूरा गर्दै नीरमाया चौधरी पहिलो भइन् । त्यसपछि दुई चिनिया धाविका आए। छिन वान्ची ३३ मिनेट २७.१८ र वाङ याची ३३ मिनेट ४०.२७ सेकेन्डमा दौड पूरा गर्दै क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे  ।

यस्तै ५ किलोमिटर दौडको ब्वाइजमा कृष्ण परियार १६ मिनेट १९.६ सेकेन्डको समय निकाल्दै पहिलो भए । अमृत विश्वकर्मा १६ मिनेट २८-३ सेकेन्डमा दोस्रो तथा र उमेश बराई १६ मिनेट ५६.३ सेकेन्डको समयमा क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

महिला ५ किलोमिटर दौडका शीर्ष तीन । 

गर्ल्स ५ किलोमिटर दौडमा चाँदनी पासी, कुशुम ठगुन्ना र माया बाराई शीर्ष तीन स्थानमा रहे । दौड पूरा गर्न चाँदनीलाई २१ मिनेट ४८.३, कुशुमलाई २२ मिनेट २८.६ तथा मायालाई २ मिनेट ३६.७ सेकेन्ड लागेको थियो ।

दौड लुम्बिनी स्क्वायरबाट सुरु भएर त्यहीं टुंगेको थियो । कार्यक्रमका अवसरमा तीन किलोमिटरको वाकाथनको पनि आयोजना गरिएको थियो ।

नेपाल ओलम्पिक कमिटीको आयोजनामा भएको प्रतियोगितालाई चिनिया राजदूतावासको सहयोग थियो । विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र चिनिया राजदूत चेन सोङलगायतले पुस्कार तथा प्रमा णपत्र वितरण गरेका थिए ।

 दौडमा सहभागी । 

भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो