काठमाडौं। इथियोपियाका तोला तामिरतले ओलम्पिक कीर्तिमानसहित शनिबार म्याराथनको स्वर्ण पदक जितेका छन्।
रियो ओलम्पिकमा १० हजार मिटरमा कांस्य पदक जितेका उनले यसपालि इथियोपियालाई पहिलो स्वर्ण दिलाए ।
तामिरतले २ घन्टा ६ मिनेट २६ सेकेन्डमा निर्धारित ४२.१९५ किमि पूरा गरे । उनले सन् २००८ को बेइजिङ ओलम्पिकमा केन्याका स्यामुएल वान्जिरुले कायम गरेको २ घन्टा ६ मिनेट ३२ सेकेन्डको कीर्तिमान तोडे ।
तामिरतलाई सिस्से लेम्मा घाइते भएपछि अन्तिम समयमा आएर इथोपियन टोलीमा समावेश गरिएको थियो ।
यसैगरी बेल्जियमका बासिर अब्दीले २ घन्टा ६ मिनेट ४७ सेकेन्डसाथ रजत पदक जिते । उनले टोकयो ओलम्पिकमा जितेको कांस्य पदक जितेका थिए ।
केन्याका बेन्सन किपरुतोले २ घन्टा ७ मिनेटको समय निकाले कांस्य पदक प्राप्त गरे।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
