काठमाडौं। इथियोपियाका तोला तामिरतले ओलम्पिक कीर्तिमानसहित शनिबार म्याराथनको स्वर्ण पदक जितेका छन्।
रियो ओलम्पिकमा १० हजार मिटरमा कांस्य पदक जितेका उनले यसपालि इथियोपियालाई पहिलो स्वर्ण दिलाए ।
तामिरतले २ घन्टा ६ मिनेट २६ सेकेन्डमा निर्धारित ४२.१९५ किमि पूरा गरे । उनले सन् २००८ को बेइजिङ ओलम्पिकमा केन्याका स्यामुएल वान्जिरुले कायम गरेको २ घन्टा ६ मिनेट ३२ सेकेन्डको कीर्तिमान तोडे ।
तामिरतलाई सिस्से लेम्मा घाइते भएपछि अन्तिम समयमा आएर इथोपियन टोलीमा समावेश गरिएको थियो ।
यसैगरी बेल्जियमका बासिर अब्दीले २ घन्टा ६ मिनेट ४७ सेकेन्डसाथ रजत पदक जिते । उनले टोकयो ओलम्पिकमा जितेको कांस्य पदक जितेका थिए ।
केन्याका बेन्सन किपरुतोले २ घन्टा ७ मिनेटको समय निकाले कांस्य पदक प्राप्त गरे।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
