माघ १६, २०८२ शुक्रबार | २३:५१:३७
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

गणेशमान सिंह तेस्राे १० किमि राेड रेस वैशाख १७ गते

काठमाडाैं । युग पुरुष गणेशमान सिंहको स्मृतिमा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले यहि वीशाख १७ गते शनिबार ‘वीर गणेशमान सिंह तेस्राे १० किमि राेड रेस ’को आयोजना गर्ने भएको छ ।

शनिबार बिहान ०७ः३० बजे शेर्पा मल दरबारमार्गबाट सुरु हुने रोड रेस महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, वीर अस्पताल, भोटाहिटी, जमल, राजदरबार दक्षिण गेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, टंगाल, बाल मन्दिर, पुलिस हेडक्वार्टर दक्षिण गेट, गैरीधारा, राजदरबार उत्तरपूर्व मोड, नागपोखरी, जय नेपाल सिनेमा घर हुँदै पुनः शेर्पा मल दरबारमार्गमा पुगेर सम्पन्न हुनेछ । 

यसैगरी यस पटक पुरुष र महिलातर्फ ५ किमि दौड पनि समावेश गरिएकाे छ । ५ कि मि दौड शेर्पा महल दरबारमार्गबाट सुरु भई महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर , सुन्धारा , वीर अस्पताल, भोटाहिटी, जमल, राजदरबार दक्षिण गेट हुदै पुनः शेर्पा महलमा  पुगेर सम्पन्न हुनेछ । 

१० किमि दौडमा महिला र पुरुषतर्फका विजेताले ६० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी दोस्रो हुनेले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार  र पाँचौं हुनेले ५ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन्। 

यसैगरी ५ किमितर्फ पुरुष तथा महिलातर्फका विजेताले १५ हजार , दोश्रो हुनेले १० हजार ,तेश्रोले ७ हजार,चौथो हुनेले ५ हजार र पॉचौ हुनेले ३ हजार प्राप्त गर्नेछन् भने  प्रतियोगितामा छैटौंदेखि १०औं स्थानसम्मका खेलाडीलाई गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । 

नयॉ रेकर्ड कायम गर्ने पहिलो खेलाडीलाई नगद रु १० हजार रुपैयाँ पुरस्कृर प्रदान गरिने आयाेजकले जानकारी दिए ।  प्रतियोगितामा अनुमानित बजेट १७ लाख रुपैयाँ रहेको छ । 

यस प्रतियोगितामा नेपालका उत्कृष्टसहित उदियमान धावकहरु सहित केहि वदेशी खेलाडीहरुको सहभागिता रहनेछ । यस्तै, रेस डाइरेक्टर सुशिल नरसिंह राणा र संयोजकमा राजन खत्री रहनु भएको छ ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीकै आयाेजनामा हाल गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता चलिरहकाे छ । यस्तै, कमिटिले यसअघि पुसमा फेन्सिङ प्रतियाेगिता सञ्चालन गरेकाे थियाे ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।