चैत्र ५, २०८२ बिहीबार | १६:२६:१९
पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा

गणेशमान सिंह तेस्राे १० किमि राेड रेस वैशाख १७ गते

काठमाडाैं । युग पुरुष गणेशमान सिंहको स्मृतिमा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले यहि वीशाख १७ गते शनिबार ‘वीर गणेशमान सिंह तेस्राे १० किमि राेड रेस ’को आयोजना गर्ने भएको छ ।

शनिबार बिहान ०७ः३० बजे शेर्पा मल दरबारमार्गबाट सुरु हुने रोड रेस महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, वीर अस्पताल, भोटाहिटी, जमल, राजदरबार दक्षिण गेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, टंगाल, बाल मन्दिर, पुलिस हेडक्वार्टर दक्षिण गेट, गैरीधारा, राजदरबार उत्तरपूर्व मोड, नागपोखरी, जय नेपाल सिनेमा घर हुँदै पुनः शेर्पा मल दरबारमार्गमा पुगेर सम्पन्न हुनेछ । 

यसैगरी यस पटक पुरुष र महिलातर्फ ५ किमि दौड पनि समावेश गरिएकाे छ । ५ कि मि दौड शेर्पा महल दरबारमार्गबाट सुरु भई महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर , सुन्धारा , वीर अस्पताल, भोटाहिटी, जमल, राजदरबार दक्षिण गेट हुदै पुनः शेर्पा महलमा  पुगेर सम्पन्न हुनेछ । 

१० किमि दौडमा महिला र पुरुषतर्फका विजेताले ६० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी दोस्रो हुनेले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार  र पाँचौं हुनेले ५ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन्। 

यसैगरी ५ किमितर्फ पुरुष तथा महिलातर्फका विजेताले १५ हजार , दोश्रो हुनेले १० हजार ,तेश्रोले ७ हजार,चौथो हुनेले ५ हजार र पॉचौ हुनेले ३ हजार प्राप्त गर्नेछन् भने  प्रतियोगितामा छैटौंदेखि १०औं स्थानसम्मका खेलाडीलाई गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । 

नयॉ रेकर्ड कायम गर्ने पहिलो खेलाडीलाई नगद रु १० हजार रुपैयाँ पुरस्कृर प्रदान गरिने आयाेजकले जानकारी दिए ।  प्रतियोगितामा अनुमानित बजेट १७ लाख रुपैयाँ रहेको छ । 

यस प्रतियोगितामा नेपालका उत्कृष्टसहित उदियमान धावकहरु सहित केहि वदेशी खेलाडीहरुको सहभागिता रहनेछ । यस्तै, रेस डाइरेक्टर सुशिल नरसिंह राणा र संयोजकमा राजन खत्री रहनु भएको छ ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीकै आयाेजनामा हाल गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता चलिरहकाे छ । यस्तै, कमिटिले यसअघि पुसमा फेन्सिङ प्रतियाेगिता सञ्चालन गरेकाे थियाे ।


भिडियो
Private video
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।