मंसिर १७, २०८२ बुधबार | १४:१२:१०
युभेन्टस कोपा इटालियाको क्वार्टरफाइनलमा ‘थ्रीलर म्याच’ मा म्यानचेस्टर सिटी विजयी अग्रता बढाउदै बार्सिलोना एनपिएलः विराटनगरलाई लुम्बिनीको चुनौती अन्तर्राष्ट्रिय फुटबलमा पूर्णिमाको डेब्यू अन्तर्राष्ट्रिय मैत्रीपूर्णः चाइनिज ताइपेइसँग नेपाल पराजित कर्णालीको प्लेअफ पुग्ने चुनौती समाप्त, पोखराको सम्भावना जिवितै अन्तर्राष्ट्रिय मैत्रीपूर्णः नेपाल र चाइनिज ताइपेइबीचको पहिलो हाफ गोलरहित पोखराविरुद्ध वाटको अर्धशतक पावरप्लेमा कर्णालीको आक्रमक ब्याटिङ युभेन्टस कोपा इटालियाको क्वार्टरफाइनलमा ‘थ्रीलर म्याच’ मा म्यानचेस्टर सिटी विजयी अग्रता बढाउदै बार्सिलोना एनपिएलः विराटनगरलाई लुम्बिनीको चुनौती अन्तर्राष्ट्रिय फुटबलमा पूर्णिमाको डेब्यू अन्तर्राष्ट्रिय मैत्रीपूर्णः चाइनिज ताइपेइसँग नेपाल पराजित कर्णालीको प्लेअफ पुग्ने चुनौती समाप्त, पोखराको सम्भावना जिवितै अन्तर्राष्ट्रिय मैत्रीपूर्णः नेपाल र चाइनिज ताइपेइबीचको पहिलो हाफ गोलरहित पोखराविरुद्ध वाटको अर्धशतक पावरप्लेमा कर्णालीको आक्रमक ब्याटिङ

माउन्टेन बाइक च्यालेन्जमा लक्ष्मण र हुमी च्याम्पियन

रसुवा । हाइ अल्टिच्युड रसुवा माउन्टेन बाइक च्यालेन्जको पहिलो संस्करण लक्ष्मण मल्ल र हुमी बुढामगरले जितेका छन् ।

रसुवाको कालिकास्थानमा शनिबार सम्पन्न ३१ किलोमिटरको दौड लक्ष्मणले १ घण्टा २९ मिनेट १९ सेकेन्डमा पार गरेका थिए । सुरज राना मगर दोस्रो र प्रकाश थापा मगर तेस्रो बनेका छन् ।

महिलातर्फ विजेता बनेकी हुमीले १३औं साग खेलकुदकी स्वर्ण पदक विजेता लक्ष्मी मगरलाई २ सेकेन्डले पछि पारिन् । हुमीले निर्धारित दुरी १ घण्टा ५३ मिनेट १३ सेकेन्डमा पार गरिन् । महिलातर्फत लक्ष्मी दोस्रो बन्दा इन्द्रकला नेम्वाङ्गले तेस्रो स्थान हासिल गरिन् ।

पुरुष तथा महिला स्पर्धामा च्याम्पियन बनेका खेलाडीले ४० हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । दोस्रोले २० हजार, तेस्रोले १५ हजार, चौथोले ७ हजार, पाँचौंले ६ हजार, छैटौंले ५ हजार, सातौंले ४ हजार, आठौंले ३ हजार, नवौंले २ हजार र दशौं स्थान हात पार्ने खेलाडीले १ हजार रुपैयाँ नगद प्राप्त गरे ।

प्रतियोगिताको मास्टर्स विधामा हर्क लामा विजेता बने । उनले निर्धारित दुरी १ घण्टा ४५ मिनेट २४ सेकेन्डमा पार गरे ।

जुनियरतर्फ किरण लिम्बु विजेता बने । उनले १ घण्टा ३८ मिनेट ३८ सेकेन्डमा दुरी पार गरे ।

मास्टर्स र जुनियर विधाका विजेताले मेडल सहित १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ७ हजार रुपैयाँ प्राप्त गरे ।

१६ सय मिटर उचाईको कालिकास्थानबाट सुरु भएको दौड घुम्तिबजार, लामाटोल, गुम्बाडाडाँ, स्याउबारी हुँदै २३ सय मिटर उचाईको लोकिल पुगेर आलुखर्क, गोर्मु, सस्र्युङ, किमाजोङ, खाल्चेट, जिवजिबे हुँदै कालिकास्थानमै आएर टुङ्गिएको थियो ।

प्रतियोगितालाई प्रदेश खेलकुद परिषद् बागमती प्रदेश र नेपाल साइक्लिङ संघले संयुक्त रुपमा आयोजना गरेका हुन् ।


भिडियो
ADAM ROSSINGTON || अब हाम्रो ध्यान बिहीबारको खेलमा || POKHARA AVENGERS || NEPAL PREMIER LEAGUE S2 ||
RAJU BASNYAT || पोखराको PARTNERSHIP ब्रेक गर्न सकेनौं । सेट भएको विकेट गुमाउँदा हार बेहोर्यौं ||
DAWID MALAN || हामीले JANAKPUR लाई जितको CREDIT दिनैपर्छ । JANAKPUR ले राम्रो BATTING गर्यो
Faf du Plessis एनपीएल खेल्न नेपाल आइपुगेका छन् ll
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2
GULSHAN JHA || FIELDING मा चुकिरहेका छौं || NEPAL PREMIER LEAGUE || NPL SEASON 2 || KARNALI YAKS ||
ABINASH BOHARA || हाम्रो टिममा नेपाली खेलाडीले राम्रो गरिरहेका छन् || NEPAL PREMIER LEAGUE || NPL 2