माघ २, २०८१ बुधबार | १२:०८:४१
नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि

राष्ट्रिय फेन्सिङः आर्मी च्याम्पियन

काठमाडौं । विभागीय टोली नेपाल आर्मी छैटौं राष्ट्रिय फेन्सिङ प्रतियोगितामा बुधबार टिम च्याम्पियन बनेको छ । आर्मीले ६ स्वर्ण, दुई रजत र पाँच कांस्य पदक जित्यो ।

नेपाल फेन्सिङ संघद्वारा आयोजित प्रतियोगितामा अर्को विभागीय टोली एपिएफ क्लब पाँच स्वर्ण, ६ रजत र पाँच  कांस्य पदकका साथ दोश्रो भयो । तेश्रो स्थानको बागमती प्रदेशले एक स्वर्ण, एक रजत र ६ कांस्य पदक हात पार्यो ।

प्रतियोगितामा बागमती, गण्डकी, कोशी र सुदूरपश्चिम प्रदेश तथा विभागीय टोली आर्मी र एपिएफ गरी ६ टिमको सहभागिता थियो । बाँकी प्रदेशले स्वर्ण नजिते पनि पदकविहीन भने भएनन् । गण्डकीले दुई रजत र चार कांस्य, सुदूरपश्चिमले एक रजत र तीन कांस्य तथा कोशीले एक कांस्य पदक जिते ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा आर्मीका उपेन्द्र शाही र महिलामा एपिएफकी अनितम कार्की उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही १० हजार रुपैयाँ प्राप्त गरे।

विजेतालाई राखेपका सदस्यसचिव टंकलाल घिसिङ, सदस्य अन्जन धमला, आयोजक फेन्सिङ संघका अध्यक्ष सुनिल श्रेष्ठ लगायतले पुरस्कृत गरे ।

तीन दिने प्रतियोगितामा ११२ खेलाडीले १२ स्पर्धामा प्रतिस्पर्धा गरेको फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठले जानकारी दिए ।


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO