विश्व मुवाँथाइ च्याम्पियनसिप

विश्व मुवाँथाइ च्याम्पियनसिपः गुमान सेमिफाइनलमा

काठमडाैं । नेपालका गुमान घर्ती मगर १९औं विश्व मुवाँथाइ च्याम्पियनसिपको एमेच्योरतर्फ पुरुष ५७ केजीमा सेमिफाइनल प्रवेश गरेका छन् ।

गुमानले उज्वेकिस्तानका बर्नोएभ अजिजलाई नकआउटका आधारमा पराजित गरेको नेपाल राष्ट्रिय मुवाँथाइ संघका अध्यक्ष गणेशलाल कक्षपतीले जानकारी दिए ।

यसैगरी पुरुष ५१ केजीमा सुशिल शाह ठकुरी, पुरुष ५४ केजीमा गुणराज रुचाल र महिला ४५ केजीमा परिका बतासले फाइनलमा स्थान बनाएका छन् । तीनै खेलाडीले वाइ पाएको अध्यक्ष कक्षपतीले बताए  ।