मुवाँथाइ

मुवाँथाइमा संगम च्याम्पियन

काठमाडौं । बेलायत निवासी नेपालका संगम तमु मुवाँथाइमा पुनः च्याम्पियन बनेका छन्। उनले लन्डनस्थित ह्यारो लेजर सेन्टरमा भएको खेलमा प्रतिद्वन्द्वी साम म्याक रायलाई हराए ।

संगमले हालसम्म भएका सातमध्ये पाँच खेल जितिसकेका छन्। लन्डनको क्लबस्तरीय खेल खेल्दै आएका संगम द नओस्ले एकेडेमी क्लबमा आबद्ध छन्।

स्याङ्जाको फेदिखोला गाउँपालिका देउराली स्थायी घर भएका उनी शिवचन्द्र र मिरा गुरुङका जेठो छोरा हुन्।