एसियाली र्याफ्टिङ च्याम्पियनसिप

‘हेड टु हेड’मा नेपाललाई स्वर्ण

काठमाडौं । नेपालले एसियाली र्याफ्टिङ च्याम्पियनसिपको ‘हेड टु हेड’मा स्वर्ण पदक जितेको छ । उक्त स्पर्धामा नेपालले १२० अंक जोड्दै स्वर्ण जितेको नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जनाएका छन् ।

भारतको हिमाचल प्रदेशस्थित सिम्लामा भएको प्रतियोगिताको स्लालममा ८० अंकसाथ नेपालले रजत पदक जित्यो । डाउन रिभरमा ६० अंक जोडेको नेपाल चौथो भयो ।

समग्रमा भने २६० अंकका साथ नेपाल दोश्रो स्थानमा रह्यो । नेपाली टोलीमामा सविन गुरुङ, शक्तिकुमार गुरुङ, विजय गुरुङ, डम्बरबहादुर पुर्वाछाने र दीपेश पुन मगर छन् ।

भारतको हिमाचल प्रदेशस्थित सिम्लामा भएको प्रतियोगितामा भारत बेल्गाउँ २७० अंकसाथ पहिलो तथा भारत राइभोला २४८ अंकसाथ तेश्रो स्थानमा रहे ।