राेयल इन्फिल्ड

महिला राइडर्सलाई रोयल इन्फिल्डको सडक सुरक्षा तालिम

काठमाडौं । रोयल इन्फिल्ड मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता अल्फा अटोमोटिभ प्रालिले सुरक्षित राइडिङको अभियानमा सडक सुरक्षामा जनचेतना जगाउने उद्देश्यका साथ महिला बाइकर्सका लागि तालिम आयोजना गरेको छ ।

निरन्तर उत्पादनमा सबभन्दा पुरानो मोटरसाइकल ब्राण्डको आधिकारिक विक्रेताले सडक सुरक्षा जनचेतना, नियमअनुसार मोटरसाइकल चलाउने, समावेसितासहितको महिला सशक्तिकरण तथा मोटरसाइकल पर्यटन प्रवद्र्धनको उद्देश्यअनुसार कार्यक्रम गरिएको जनाएको छ ।

२१ जना महिला मोटरसाइकल चालकको सहभागिता रहेको कार्यक्रमको नाम अल्फा अटोमोटिभले ‘गुट टुगेदर एन्ड रोड सेफ्टी ट्रेनिङ’ दिएको थियो । कार्यक्रममा ललितपुर नगरपालिकाका प्रहरी प्रमूख सिताराम हाछेथुले राइडर्सहरुलाई तालिम दिएका थिए ।