माघ १७, २०८२ शनिबार | ११:१९:०१
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

घोडचढीको विशेष प्रशिक्षण कतारमा हुने

काठमाडौं। नेपाल इक्वेस्ट्रियन (घोडचढी) संघले नेपाली घोडसवार खेलाडीहरूलाई विशेष प्रशिक्षणका लागि कतार पठाएको छ ।

कतार इक्वेस्ट्रियन फेडेरेसनले नेपालका १० खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतिष्ठित तालिम केन्द्र अल सकाबमा विशेष प्रशिक्षणको व्यवस्था मिलाइदिएको संघका अध्यक्ष रवि राजकर्णिकारले जनाएका छन् । 
नेपाली घोडसवार खेलाडीको सीप र अनुभवलाई अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गर्न टेवा मिल्ने उनले बताए ।कतार इक्वेस्ट्रियन फेडेरेसनका अध्यक्ष बदर मोहम्मद अल दारविस र महासचिव शेख अहमदको विशेष सहयोग र सहकार्यमा प्रशिक्षणको अवसर मिलेको राजकर्णिकारले बताए ।

पहिलो चरणको प्रशिक्षण फेबु्रअरीदेखि सुरु हुनेछ । त्यसमा पाँच खेलाडीको सहभागिता रहनेछ । दोस्रो चरणको प्रशिक्षण अप्रिलमा सुरु हुनेछ । त्यसमा थप पाँच नेपाली खेलाडीले सहभागिता जनाउने छन् ।

कतारबाट प्राप्त यस किसिमको प्रशिक्षणबाट आगामी दिनमा हुने एसियाली खेलकुदको सहभागितालाई लक्ष्य राखिएको अध्यक्ष राजकर्णिकारले बताए ।

कतार जाने टोलीमा इक्वेस्ट्रियन खेलाडीमा गोविन्दबहादुर खड्का, जगदीश घिसिङ, रामकृष्ण अधिकारी, रामहरि खड्का र निरोज केसी छन् ।

 टोलीलाई नेपालका लागि कतारका राजदूत मिसाल एम अल अन्सारीले बिदाइ गरे । राजदूत अन्सारीले द्विपक्षीय प्रयासले नेपाल र कतारबीचको सम्बन्धलाई प्रगाढ बनाउने मात्र नभई खेलाडीले सिक्ने मौका पाउने बताए ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलाडी बिदाइ गर्दै नेपालको घोडचढी खेलको विकासमा यस्तो प्रशिक्षणले कोसेढुंगा साबित हुने बताए । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।