चैत्र ८, २०८२ आइतबार | ०८:००:२३
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

घोडचढीको विशेष प्रशिक्षण कतारमा हुने

काठमाडौं। नेपाल इक्वेस्ट्रियन (घोडचढी) संघले नेपाली घोडसवार खेलाडीहरूलाई विशेष प्रशिक्षणका लागि कतार पठाएको छ ।

कतार इक्वेस्ट्रियन फेडेरेसनले नेपालका १० खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतिष्ठित तालिम केन्द्र अल सकाबमा विशेष प्रशिक्षणको व्यवस्था मिलाइदिएको संघका अध्यक्ष रवि राजकर्णिकारले जनाएका छन् । 
नेपाली घोडसवार खेलाडीको सीप र अनुभवलाई अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गर्न टेवा मिल्ने उनले बताए ।कतार इक्वेस्ट्रियन फेडेरेसनका अध्यक्ष बदर मोहम्मद अल दारविस र महासचिव शेख अहमदको विशेष सहयोग र सहकार्यमा प्रशिक्षणको अवसर मिलेको राजकर्णिकारले बताए ।

पहिलो चरणको प्रशिक्षण फेबु्रअरीदेखि सुरु हुनेछ । त्यसमा पाँच खेलाडीको सहभागिता रहनेछ । दोस्रो चरणको प्रशिक्षण अप्रिलमा सुरु हुनेछ । त्यसमा थप पाँच नेपाली खेलाडीले सहभागिता जनाउने छन् ।

कतारबाट प्राप्त यस किसिमको प्रशिक्षणबाट आगामी दिनमा हुने एसियाली खेलकुदको सहभागितालाई लक्ष्य राखिएको अध्यक्ष राजकर्णिकारले बताए ।

कतार जाने टोलीमा इक्वेस्ट्रियन खेलाडीमा गोविन्दबहादुर खड्का, जगदीश घिसिङ, रामकृष्ण अधिकारी, रामहरि खड्का र निरोज केसी छन् ।

 टोलीलाई नेपालका लागि कतारका राजदूत मिसाल एम अल अन्सारीले बिदाइ गरे । राजदूत अन्सारीले द्विपक्षीय प्रयासले नेपाल र कतारबीचको सम्बन्धलाई प्रगाढ बनाउने मात्र नभई खेलाडीले सिक्ने मौका पाउने बताए ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलाडी बिदाइ गर्दै नेपालको घोडचढी खेलको विकासमा यस्तो प्रशिक्षणले कोसेढुंगा साबित हुने बताए । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो