एमेजिङ मुवाँथाइ विश्व महोत्सव

१० सदस्यीय मुवाँथाइ टोली थाइल्यान्ड जाने

काठमाडौं । एमेजिङ मुवाँथाइ विश्व महोत्सवमा सहभागी हुन चार खेलाडीसहित १० सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गर्ने भएको  छ ।

फेब्रुअरी १ देखि ५  सम्म हुने प्रतियोगिताको पुरुष ४० केजीमा गेन्जो राई, ५७ केजीमा विक्रम राना मगर र अक्षत चौधरी तथा ६० केजीमा कोसन राईले प्रतिस्पर्धा गर्नेछन् ।

टोलीको प्रशिक्षकमा राजु राई तथा अफिसियलमा दीपक तामाङ, सुरेन्द्र लामा, रिसाल गुरुङ, मिनबहादुर गुरुङ र मिलन श्रेष्ठ छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, आर्थिक प्रशासन शाखाका प्रमुख रिखीराम पोख्रेल र कानून शाखाका प्रमुख नारायणराज अर्यालले आइतबार  बिदाइ गरे ।