माघ २, २०८२ शुक्रबार | २२:०४:३४
एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै अंक दूरी घटाउँदै एसि मिलान बार्सिलोना क्वार्टरफाइनलमा सुखद सुरुआतको लक्ष्यमा नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै अंक दूरी घटाउँदै एसि मिलान बार्सिलोना क्वार्टरफाइनलमा सुखद सुरुआतको लक्ष्यमा नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि

हिमालयन एक्सट्रिम ट्रायथलनमा पिटर र तारा च्याम्पियन

पोखरा । विश्वकै कठिन मध्येमा मानिने हिमालयन एक्स्ट्राई वर्ल्ड टुर एक्सट्रिम ट्रायथलनको उपाधि पुरुषतर्फ चेक रिपब्लिकका पिटर भाब्रोसेक र महिलातर्फ अमेरिकाकी तारा मिरान्डा पार्सोन्स च्याम्पियन बनेका छन् ।

शनिबार विहान ४ बजे पोखराको फेवातालमा पौडीबाट सुरु भएको सो प्रतियोगिता आइतबार विहान कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ ल्वाङमा आएर समापन भएको थियो । पुरुषतर्फ च्याम्पियन भएका भाब्रोसेकले निर्धारित दूरी १६ घण्टा ५१ मिनेट १९ सेकेण्डमा पूरा गरे ।

यसैगरी पुरुषतर्फ नै इटालीका जिओभानी बोर्टोलासोले निर्धारित दूरी १७ घण्टा ५८ मिनेट आठ सेकेण्डमा पार गरी दोश्रो हुादा रसियाका इलिया बब्लिकले निर्धारित दूरी पूरा गर्न १८ घण्टा ३४ मिनेट १२ सेकेण्ड समय लगाउँदै तेश्रो हुन सफल भए । 
  
महिलातर्फको च्याम्पियन पार्सोन्स निर्धारित दूरी पार गर्न १८ घण्टा २० मिनेट ५४ सेकेण्ड समय लगाइन् । महिलातर्फ फ्रान्सकी बेनेडिक्ट पेरोनले १९ घण्टा ४९ मिनेट १९ सेकेण्डममा तोकिएको दूरी पार गर्दै दोश्रो तथा चेक रिपब्लिककी भेरोनिका मर्चेन्टले २४ घण्टा २८ मिनेट २५ सेकेण्ड समय लगाउँदै तेश्रो भए ।

प्रतियोगितामा २२ देशका ३६ खेलाडी प्रतिस्पर्धा गरेको आयोजक हिमालयन एक्सट्राई नेपालका रेस डाइरेक्टर रिक्की योन्जनले जानकारी दिए । उनका अनुसार २७ जनाले दौड पुरा गरेका छन् । सहभागि पाँच महिला मध्ये तीन जनाले दौड पुरा गरे ।

प्रतियोगिहरुले फेवातालमा  तीन किमी आड सय मिटर मिटर पौडीको प्रतिस्पर्धा सम्पन्न गरेपछि एक ७५ किमी साइकल दौड सुरु गरेका थिए । पोखराको लेकसाइडबाट सुरु भएको साइकल दौड सराङकोट, लुम्ले, नयाँपुल, कुश्मा हुँदै बागलुङ पुगेर त्यहाँबाट पुनः फर्किएर कुश्मा, नयाँपुल हुँदै कास्कीको अन्नपूर्ण गाउँपालिका काँडेमा आएर साइक्लिङ सम्पन्न भएको थियो ।

त्यसपछि ४३ किमी लामो दौड सुरु भएको थियो ।  काँडेबाट सुरु भएको दौड अस्ट्रेलियन क्याम्प, देउराली, हाइ—क्याम्प, लोक्याम्प, मर्दी हिमाल भ्यू पोइन्ट (चार हजार तीन सय) मिटर छोएर सोही बाटो हुँदै फर्किएर माछापुच्छ्रे गाउँपालिकाको ल्वाङमा समापन भएको योन्जनले बताए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ट्रयाथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ, गण्डकी प्रदेशका पूर्व सांसद दिपक कोइरालालगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

सदस्यसचिव घिसिङले यस्ता प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय खेलकुदको गनत्व्य बनाउन सहज हुने बताए ।

 ‘नेपाल  सहाशिक खेलकुदको गन्तव्य हो’, सदस्यसचिव घिसिङले भने,‘यसको उचित प्रचार प्रसार गरी स्थानिय, प्रदेश र संघिय सरकार मिलेर खेलकुदको विकासका लागि अघि बढ्न राखेपले सहजीकरणको भूमिका खेल्नेछ ।’

नेपाल ट्रायथलन संघका अध्यक्ष श्रेष्ठले यस्तै प्रतियोगिताहरुले नेपाली गाउँ वस्तीको विश्वमा नै पहिचान बनाउन सहज हुने बताए । उनले नेपाल आफैमा पनि सहासिक खेलकुदका लागि गन्तव्य रहेकोले यस प्रकारका कार्यक्रम गर्न संघले सबै संस्था संग सहकार्य गर्ने बताए ।

 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate