चैत्र ६, २०८२ शुक्रबार | ०८:५७:१४
दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन

हिमालयन एक्सट्रिम ट्रायथलनमा पिटर र तारा च्याम्पियन

पोखरा । विश्वकै कठिन मध्येमा मानिने हिमालयन एक्स्ट्राई वर्ल्ड टुर एक्सट्रिम ट्रायथलनको उपाधि पुरुषतर्फ चेक रिपब्लिकका पिटर भाब्रोसेक र महिलातर्फ अमेरिकाकी तारा मिरान्डा पार्सोन्स च्याम्पियन बनेका छन् ।

शनिबार विहान ४ बजे पोखराको फेवातालमा पौडीबाट सुरु भएको सो प्रतियोगिता आइतबार विहान कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ ल्वाङमा आएर समापन भएको थियो । पुरुषतर्फ च्याम्पियन भएका भाब्रोसेकले निर्धारित दूरी १६ घण्टा ५१ मिनेट १९ सेकेण्डमा पूरा गरे ।

यसैगरी पुरुषतर्फ नै इटालीका जिओभानी बोर्टोलासोले निर्धारित दूरी १७ घण्टा ५८ मिनेट आठ सेकेण्डमा पार गरी दोश्रो हुादा रसियाका इलिया बब्लिकले निर्धारित दूरी पूरा गर्न १८ घण्टा ३४ मिनेट १२ सेकेण्ड समय लगाउँदै तेश्रो हुन सफल भए । 
  
महिलातर्फको च्याम्पियन पार्सोन्स निर्धारित दूरी पार गर्न १८ घण्टा २० मिनेट ५४ सेकेण्ड समय लगाइन् । महिलातर्फ फ्रान्सकी बेनेडिक्ट पेरोनले १९ घण्टा ४९ मिनेट १९ सेकेण्डममा तोकिएको दूरी पार गर्दै दोश्रो तथा चेक रिपब्लिककी भेरोनिका मर्चेन्टले २४ घण्टा २८ मिनेट २५ सेकेण्ड समय लगाउँदै तेश्रो भए ।

प्रतियोगितामा २२ देशका ३६ खेलाडी प्रतिस्पर्धा गरेको आयोजक हिमालयन एक्सट्राई नेपालका रेस डाइरेक्टर रिक्की योन्जनले जानकारी दिए । उनका अनुसार २७ जनाले दौड पुरा गरेका छन् । सहभागि पाँच महिला मध्ये तीन जनाले दौड पुरा गरे ।

प्रतियोगिहरुले फेवातालमा  तीन किमी आड सय मिटर मिटर पौडीको प्रतिस्पर्धा सम्पन्न गरेपछि एक ७५ किमी साइकल दौड सुरु गरेका थिए । पोखराको लेकसाइडबाट सुरु भएको साइकल दौड सराङकोट, लुम्ले, नयाँपुल, कुश्मा हुँदै बागलुङ पुगेर त्यहाँबाट पुनः फर्किएर कुश्मा, नयाँपुल हुँदै कास्कीको अन्नपूर्ण गाउँपालिका काँडेमा आएर साइक्लिङ सम्पन्न भएको थियो ।

त्यसपछि ४३ किमी लामो दौड सुरु भएको थियो ।  काँडेबाट सुरु भएको दौड अस्ट्रेलियन क्याम्प, देउराली, हाइ—क्याम्प, लोक्याम्प, मर्दी हिमाल भ्यू पोइन्ट (चार हजार तीन सय) मिटर छोएर सोही बाटो हुँदै फर्किएर माछापुच्छ्रे गाउँपालिकाको ल्वाङमा समापन भएको योन्जनले बताए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ट्रयाथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ, गण्डकी प्रदेशका पूर्व सांसद दिपक कोइरालालगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

सदस्यसचिव घिसिङले यस्ता प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय खेलकुदको गनत्व्य बनाउन सहज हुने बताए ।

 ‘नेपाल  सहाशिक खेलकुदको गन्तव्य हो’, सदस्यसचिव घिसिङले भने,‘यसको उचित प्रचार प्रसार गरी स्थानिय, प्रदेश र संघिय सरकार मिलेर खेलकुदको विकासका लागि अघि बढ्न राखेपले सहजीकरणको भूमिका खेल्नेछ ।’

नेपाल ट्रायथलन संघका अध्यक्ष श्रेष्ठले यस्तै प्रतियोगिताहरुले नेपाली गाउँ वस्तीको विश्वमा नै पहिचान बनाउन सहज हुने बताए । उनले नेपाल आफैमा पनि सहासिक खेलकुदका लागि गन्तव्य रहेकोले यस प्रकारका कार्यक्रम गर्न संघले सबै संस्था संग सहकार्य गर्ने बताए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो