काठमाडौं । साबिकको विजेता नेपाल एपिएफ क्लबले तेस्रो टाईगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।
पोखरा रंगशालाको प्राङ्गणमा मंगलबार सम्पन्न महिलार्फको खेलमा विभागीय एपिएफले न्यु डायमन्ड युथ स्पोर्टस् क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।
एपिएफले खेल २५-१५, २५-२० र २५-७ ले आफ्नो पक्षमा पारेको थियो ।
यस जितसँगै एपिएपफले दुई खेलमा ६ अंक जोड्दा लगातार दोस्रो खेलमा पराजय ब्यहोरेको न्यु डायमन्ड अंक विहिन छ ।
एपिएफले पहिलो खेलमा आयोजक गण्डकी प्रदेशलाई २५-११, २५-१९, २५-१६ ले हराउँदा डायमन्डले पहिलो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग २५-२६, १६-२५ र २३-२५ ले पराजित भएको थियो ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
