श्रावण १, २०८२ बुधबार | १३:२४:५१
सातदोबाटोको लगातार पाँचौं हार, चर्च ब्वाइज आठौं स्थानमा उक्लियो इसाकप्रति लिभरपुलको चासो राखेपलाई चीनको ८५ लाख बराबरको सामाग्री सहयोग श्रीलंकाको पोस्टमा नेपालको सात गोल, स्ट्राइकर मीनाको ह्याट्रिक अस्ट्रेलियामा दीवशलाई स्वर्ण बंगलादेशको लगातार तेस्रो जित, भुटानको दोस्रो हार श्री भगवतीलाई हराउँदै मछिन्द्र फेरि शीर्ष स्थानमा उक्लियो, जावलाखेल र एनआरटीको बराबरी श्रीलंकाविरुद्ध कप्तान विर्सना, सेनु र सुजतालाई आराम, भारी वर्षाका कारण खेल डेढ घण्टा पर धकेलियो एपिएफविरुद्ध संकटाको सानदार जित काभा च्याम्पियन्स लिगको खेलतालिका सार्वजनिक, हेल्प नेपालको पहिलो खेल धिवेहीसँग सातदोबाटोको लगातार पाँचौं हार, चर्च ब्वाइज आठौं स्थानमा उक्लियो इसाकप्रति लिभरपुलको चासो राखेपलाई चीनको ८५ लाख बराबरको सामाग्री सहयोग श्रीलंकाको पोस्टमा नेपालको सात गोल, स्ट्राइकर मीनाको ह्याट्रिक अस्ट्रेलियामा दीवशलाई स्वर्ण बंगलादेशको लगातार तेस्रो जित, भुटानको दोस्रो हार श्री भगवतीलाई हराउँदै मछिन्द्र फेरि शीर्ष स्थानमा उक्लियो, जावलाखेल र एनआरटीको बराबरी श्रीलंकाविरुद्ध कप्तान विर्सना, सेनु र सुजतालाई आराम, भारी वर्षाका कारण खेल डेढ घण्टा पर धकेलियो एपिएफविरुद्ध संकटाको सानदार जित काभा च्याम्पियन्स लिगको खेलतालिका सार्वजनिक, हेल्प नेपालको पहिलो खेल धिवेहीसँग

डाइमन्ड ‘गर्ल’ रियाको अहिले शल्यक्रिया गरिँदै

काठमाडौं, (खेलाडी)- होङ्वान्जी न्यु डाइमन्ड क्लबकी अलराउन्डर रिया कुँवरको घुँडाको आज शल्यक्रिया हुँदैछ । 

पछिल्लो केही सातादेखि घुँडाको चोटका कारण आराममा रहेकी रियाको वीर अस्पतालको ट्रमा सेन्टरमा अहिले बिहान ९ बजे हाडजोर्नी नशा तथा आर्थाेस्कोपीक सर्जन डाक्टर भद्र हमाल र उनको टिमले शल्यक्रिया गर्नेछ । 

पाँच हप्ता अगाडि अभ्यासका क्रममा घुँडामा चोट लाग्दा रियाको एन्टेरियर क्रुसेट लिगामेन्ट चुँडिएको डाक्टर हमालले खेलाडीलाई जानकारी गराए । 

डाक्टर हमालका अनुसार घुँडामा चारवटा लिगामेन्ट हुन्छ । चारवटा मध्ये दुईवटा साइडबाट र दुईवटा जोर्नीको भित्र क्रस भएर बसेको हुन्छ । ‘रियाको तिनै चारमध्ये एउटा चुँडिएको छ,’ डाक्टर हमालले भने । 

उमेरले भर्खर १६ वर्ष लागेकी रिया भलिबलकी एक उदाउँदो खेलाडी हुन् । उनी फिलिपिन्समा हुने भनिएर पछि नेपाली टोलीको सहभागिता रद्द गराइएको एसियन महिला भलिबल च्याम्पियनसिपको बन्द प्रशिक्षणमा पनि परेकी थिइन । तर चोटका कारण भविश्यको स्टारका रुपमा हेरिएकी रियाले आसन्न एनभिए च्याम्पियनसिप गुमाउने भएकी छिन् ।
 
तर त्यसपछिका प्रतियोगिताहरु गुमाउनु नपरोस भनेर शल्यक्रिया गराउन लागेको रियाले बताइन । चिकित्सकहरुका अनुसार शल्यक्रिया नगराए पनि हिड्डुल लगायतका सामान्य जनजीवनका कृयाकलापमा असर गर्दैन । तर खेल गतिविधिमा फर्किन भने उनले शल्यक्रिया गराउनै पर्छ ।

डाक्टर हमालका अनुसार दुरपिन पद्दतिबाट रियाको शल्यक्रिया हुनेछ ।

‘हामीले दुरपिन पद्दतिबाट घुँडामा सानो प्वाल बनाएर पहिलाको चुँडिएको लिगामेन्टमा टेन्डन गरेर राख्छौं । समयसँगै बिस्तारै पछि राखेको लिगामेन्ट पहिलाको जस्तै भएर आउछ,’ डाक्टर हमालले भने, ‘पहिलाको जस्तै खेल्नको लागि ६ देखि ९ महिना लाग्छ । शल्यक्रिया गरेको भोलिपल्ट बाटै फिजियोथेरापी सुरु हुन्छ ।’

रियाले सामान्यतया २ देखि ३ हप्तासम्म बैसाखीको प्रयोग गर्नुपर्नेछ । राष्ट्रिय ट्रमा सेन्टरले खेलाडीको सम्मानको लागि अस्पतालको खर्च सबै निशुल्क गरिदिएको छ । तर इन्प्लान्ट बाहिरबाट मगाउनु पर्ने हुँदा त्यसको पैसा लाग्ने डाक्टर हमाल बताउछन् । 

‘खेलाडीहरुले देशको नाम राख्ने काम धेरै गरेका हुन्छन् । त्यसैले राष्ट्रिय ट्रमा सेन्टरले खेलाडीको सम्मानका लागि अस्पतालको खर्च सबै निशुल्क गरिदिने निर्णय गरेको छ,’ उनले भने । 


भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH