चैत्र १४, २०८२ शनिबार | ०७:५४:४५
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

पुलिसमाथि रोमाञ्चक जित निकाल्दै हेल्प नेपाल फाइनलमा

फाइल तस्बिर

काठमाडौं । हेल्प नेपाल स्पोर्टस क्लब सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।

हेल्प नेपालले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार सम्पन्न दोस्रो तथा अन्तिम सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस  क्लबलाई ३–२ को सेटमा पराजित गरेको हो ।

पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको हेल्प नेपाले दोस्रो सेट २४–२६ ले गुमाएको थियो । तेस्रो सेट हेल्प नेपालले २५–१७ ले जित्दा चौथो सेट २०–२५ ले पुलिसलाई सुम्पियो ।

पाँचौँ तथा  निर्णायक सेट १५–८ ले आफ्नो पक्षमा पार्दै हेल्प नेपालले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

क्वाटरफाइनलमा हेल्प नेपालले सैलुङ बाघढुंगा क्लबलाई २५–२१,२५–११,२५–१४ तथा पुलिसले दावाली मिलन क्लबलाई २५–१६ ,२४–२६,२५–१९ र २५–१८ ले पराजित गरेका थिए ।

हेल्प नेपालले आइतबार हुने फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । साबिकको विजेता आर्मीले  नेपाल एपिएफ क्लबलाई २५–२३,२५–१६ र २५–१७ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो