चैत्र १८, २०८२ बुधबार | ०८:२२:४८
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

एपिएफले जित्यो भलिबलको स्वर्ण पदक

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबल फाइनलमा त्रिभुवन आर्मीलाई पराजित गर्दै सशस्त्र प्रहरी बलको एपिएफ क्लबले स्वर्ण पदक जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा एपिएफले आर्मीलाई सोझो सेटमा पराजित गरेको हो ।

पहिलो सेट २५-२१ ले एपिएफको पक्षमा पर्यो । दोस्रो सेट प्रतिस्पर्धात्मक हुँदाहुँदै एपिएफले २७-२५ ले बाजी मार्यो । तेस्रो सेट पनि उत्तिकै रोचक बन्दा भलिबल कोर्ट वरिपरि टम्मै भरिएका दर्शकले खेलको भरपूर आनन्द लिए । तेस्रो सेट जितेर खेल लम्ब्याउने आर्मीको प्रयास सफल हुन सकेन । अन्ततः एपिएफले तेस्रो सेट पनि २६-२४ टुंग्याउँदा आर्मीले रजतमा चित्त बुझायो ।

एपिएफका प्रशिक्षक पुष्प मल्लले आर्मीको रिसिभ समेत कमजोर हुँदा अंक बटुल्न सफल भएको बताए । ‘हरेकजसो प्रतियोगितामा पुलिस वा आर्मीसँग नै फाइनलमा भिड्थ्यौं । आर्मीको खेल नराम्रो भन्न मिल्दैन,’ उनले भने, ‘हाम्रो ब्लक र डिफेन्स बलियो हुँदा यसपल्ट आर्मीको दबदबालाई तोडेर जित हात पार्न सफल भएका छौं ।’

आर्मीले सेमिफाइनलमा अर्को विभागीय टिम पुलिसलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । एपिएफले घरेलु टिम गण्डकी प्रदेशलाई सेमिफाइनलमा हराएको थियो । एपिएफले दोस्रोपल्ट पुरुष भलिबलमा स्वर्ण जितेको हो । यसअघि छैटौं राष्ट्रिय खेलकुदमा एपिएफले स्वर्ण जितेको थियो । नवौंमा महिला भलिबलतर्फ पनि बुधबार म्याग्दीको बेनीमा एपिएफले पुलिसलाई हराएर स्वर्ण जितेको थियो ।\

बिहीबार नै कांस्य पदकका लागि भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ३-० मै समेट्यो । पहिलो सेट २६-२४ ले प्रतिस्पर्धात्मक बने पनि दोस्रो र तेस्रो सेटमा भने गण्डकीको खेल खस्कियो । पुलिसले दोस्रो र तेस्रो सेट क्रमशः २५-१४ र २५-१८ ले आफ्नो पक्षमा पारेर कांस्य हात पार्यो ।

प्रतियोगिताका अधिकांश खेल ३-० मै टुंगिएका थिए । प्रतियोगिताअवधिभर कुनै खेल पनि पाँच सेटसम्म पुगेन । भलिबलमा तीन विभागीय, सात प्रदेश र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टिम सहभागी थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो