माघ १६, २०८२ शुक्रबार | १६:४३:२७
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

अध्यक्षमा मास्केको उम्मेदवारी

काठमाडौं । नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले भदौमा हुने निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । 

यसअघि नै अध्यक्ष पदमा उम्मेदवारी दिने बताए पनि मास्केले मंगलबार चुनावी प्रतिबद्धतासहित औपचारिक रुपमा उम्मेदवरी घोषणा गरेकी हुन् ।

सुदुरपश्चिम प्रदेशको दार्चुला जिल्लाबाट प्रतिनिधित्व गर्दै  संघमा प्रवेश गरेकी मास्के वर्तमान कार्यसमितीमा उपाध्यक्ष छिन् ।  

नेपाली भलिबल सुशासन, जनसहभागिता र व्यावसायिकता आजको आवश्यकता भन्ने नारालाई अघि सारेकी मास्केले भलिबललाई बिस्तार र विकास गर्दै राष्ट्रिय रुपमा व्यापकता दिने एकमात्र लक्ष्य रहेको बताइन् । 

मास्केले संघमा केन्द्रिय कार्यसमिति सदस्यको रुपमा प्रवेश गरे लगत्तै पहिलो महिला कमिसनको संयोजकको जिम्मेवारि पाएकी थिइन् । जुन कमिसनले राष्ट्रियस्तरमा पहिलोपटक महिला बिच भलिबलको सुरुआत गरेको थियो । उनले कोषाध्यक्षको जिम्मेवारी पनि वहन गरिसकेकी छिन् ।

कार्यक्रममाबीच संघका पुर्वाअध्यक्ष दानबहादुर तामाङले मास्केको आगामी एजेन्डाले भलिबललाई विकास गर्न सक्ने बताउदै उनमा अध्यक्ष बन्ने क्षमता रहेको बताए ।

’संघभित्र आफ्नै मान्छे, आफ्नो लागि मात्र काम गर्ने मान्छे छन् । वर्तमान कार्यसमितिले केही गरेको छैन । पहिलो पटक महिलाले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेकी छिन् । हाम्रै प्रोत्साहनमा उठ्न लागेकी छिन,’ उनले भने, ’मेरो भोट उनलाई नै हो । त्यो बेलामा हामीले दिएको सुझाव र एजेन्डालाई कार्यन्वयन गरेन । मास्केसँग सबैथोक छ, त्यसैले उहाँले संघको बजेटमा हेराफेरी गर्नु हुँदैन । यो कुरामा ढुक्क छु । महासचिव जितेन्द्र चन्द नयाँ कार्यसमितिमा आए भने काम गर्न धेरै सहज हुनेछ ।’

सञ्जय मेमोरियल फाउन्डेसनकि अध्यक्षसमेत रहेकी मास्केले २०३३ सालमा स्थापना भएको संघमा पहिलोपटक महिला उम्मेदवारी दिन लागेकी हुन् ।

उनले ग्रासरुट, विद्यालय, युथ र सिनियर गरि विभिन्न तहको भलिबल टिमको निर्माण गर्ने, विद्यालय पालिका, जिल्ला, प्रदेश र केन्द्रिय स्तरमा नियमित प्रतियोगिताको आयोजना गर्ने, लिग भलिबललाई प्रदेशसम्म लैजाने तथा केन्द्रमा भलिबलको आफ्नै कभर्डहल र सातै प्रदेशमा भलिबलको पुर्वाधार र एकेडेमी निर्माण गर्ने एजेन्डालाई अघि सारेकी छिन् ।

यसैगरी क्यालेन्डरसहित वर्षभरी घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगितामा भलिबललाई व्यस्त राख्ने, राजनितिक दल, प्रशासनिक निकाय, व्यवसायिक नेतृत्व र संघ संस्था सँग सहकार्य गर्ने,भलिबल खेललाई विद्याालय तहदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रममा समावेश गर्न पहल गर्ने र आगामी वर्षको कार्यकालमा कम्तीमा चार लाख नेपालीलाई भलिबलको संजालमा जोड्ने एजेन्डा सार्वजनिक गरिन ।

भलिबल विकासका लागि पाँच ’प’ मा प्रतिबद्धता गरेकी उनले प्रशिक्षण, प्रतियोगिता, पुर्वाधार, प्रोत्साहन र प्रशासनिक संरचनालाई विकास गर्ने बताइन् ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।