चैत्र ८, २०८२ आइतबार | ०९:१७:४५
शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती

अध्यक्षमा मास्केको उम्मेदवारी

काठमाडौं । नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले भदौमा हुने निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । 

यसअघि नै अध्यक्ष पदमा उम्मेदवारी दिने बताए पनि मास्केले मंगलबार चुनावी प्रतिबद्धतासहित औपचारिक रुपमा उम्मेदवरी घोषणा गरेकी हुन् ।

सुदुरपश्चिम प्रदेशको दार्चुला जिल्लाबाट प्रतिनिधित्व गर्दै  संघमा प्रवेश गरेकी मास्के वर्तमान कार्यसमितीमा उपाध्यक्ष छिन् ।  

नेपाली भलिबल सुशासन, जनसहभागिता र व्यावसायिकता आजको आवश्यकता भन्ने नारालाई अघि सारेकी मास्केले भलिबललाई बिस्तार र विकास गर्दै राष्ट्रिय रुपमा व्यापकता दिने एकमात्र लक्ष्य रहेको बताइन् । 

मास्केले संघमा केन्द्रिय कार्यसमिति सदस्यको रुपमा प्रवेश गरे लगत्तै पहिलो महिला कमिसनको संयोजकको जिम्मेवारि पाएकी थिइन् । जुन कमिसनले राष्ट्रियस्तरमा पहिलोपटक महिला बिच भलिबलको सुरुआत गरेको थियो । उनले कोषाध्यक्षको जिम्मेवारी पनि वहन गरिसकेकी छिन् ।

कार्यक्रममाबीच संघका पुर्वाअध्यक्ष दानबहादुर तामाङले मास्केको आगामी एजेन्डाले भलिबललाई विकास गर्न सक्ने बताउदै उनमा अध्यक्ष बन्ने क्षमता रहेको बताए ।

’संघभित्र आफ्नै मान्छे, आफ्नो लागि मात्र काम गर्ने मान्छे छन् । वर्तमान कार्यसमितिले केही गरेको छैन । पहिलो पटक महिलाले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेकी छिन् । हाम्रै प्रोत्साहनमा उठ्न लागेकी छिन,’ उनले भने, ’मेरो भोट उनलाई नै हो । त्यो बेलामा हामीले दिएको सुझाव र एजेन्डालाई कार्यन्वयन गरेन । मास्केसँग सबैथोक छ, त्यसैले उहाँले संघको बजेटमा हेराफेरी गर्नु हुँदैन । यो कुरामा ढुक्क छु । महासचिव जितेन्द्र चन्द नयाँ कार्यसमितिमा आए भने काम गर्न धेरै सहज हुनेछ ।’

सञ्जय मेमोरियल फाउन्डेसनकि अध्यक्षसमेत रहेकी मास्केले २०३३ सालमा स्थापना भएको संघमा पहिलोपटक महिला उम्मेदवारी दिन लागेकी हुन् ।

उनले ग्रासरुट, विद्यालय, युथ र सिनियर गरि विभिन्न तहको भलिबल टिमको निर्माण गर्ने, विद्यालय पालिका, जिल्ला, प्रदेश र केन्द्रिय स्तरमा नियमित प्रतियोगिताको आयोजना गर्ने, लिग भलिबललाई प्रदेशसम्म लैजाने तथा केन्द्रमा भलिबलको आफ्नै कभर्डहल र सातै प्रदेशमा भलिबलको पुर्वाधार र एकेडेमी निर्माण गर्ने एजेन्डालाई अघि सारेकी छिन् ।

यसैगरी क्यालेन्डरसहित वर्षभरी घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगितामा भलिबललाई व्यस्त राख्ने, राजनितिक दल, प्रशासनिक निकाय, व्यवसायिक नेतृत्व र संघ संस्था सँग सहकार्य गर्ने,भलिबल खेललाई विद्याालय तहदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रममा समावेश गर्न पहल गर्ने र आगामी वर्षको कार्यकालमा कम्तीमा चार लाख नेपालीलाई भलिबलको संजालमा जोड्ने एजेन्डा सार्वजनिक गरिन ।

भलिबल विकासका लागि पाँच ’प’ मा प्रतिबद्धता गरेकी उनले प्रशिक्षण, प्रतियोगिता, पुर्वाधार, प्रोत्साहन र प्रशासनिक संरचनालाई विकास गर्ने बताइन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो