काठमाडौं । नेपाल भलिबल संघले सेन्ट्रल एसियन भलिबल संघ (काभा) यु-१९ महिला च्याम्पियनसिपका लागि बन्द प्रशिक्षणमा १८ खेलाडी छनोट गरेको छ ।
संघले राष्ट्रिय टोली निमार्णका लागि शुक्रबार र शनिबार खेलाडी छनोट कार्यक्रम सञ्चालन गरेको थियो ।
टोलीको बन्द प्रशिक्षण असोज १ गतेदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सुरु हुने बताउँदै संघले छनोट भएका खेलाडीलाई भदौ ३१ गतेसम्म सम्पर्क गर्न अनुरोध गरेको छ ।
छनोट भएका खेलाडीले राहादानीको प्रतिलिपी र पासपोर्ट साइजको फोटो दुई थान संघमा बुझाउन पर्नेछ ।
(काभा) यु-१९ महिला च्याम्पियनसिप कार्तिक १७ देखि २४ सम्म श्रीलंकामा हुँदैछ ।
बन्द प्रशिक्षणमा रहेका खेलाडी
भावना तामाङ, मीना सुनार, नामसरा राना, आशिका क्षेत्री, प्रतिभा चौधरी, क्रिष्मा डाँगी, निशा महर, सम्झाना नेपाली, मीना चौधरी, अनिशा थारु, अनुष्का कार्की, सुनिता खत्री, एन्जिला प्रधान, रेविका लामा तामाङ, रुपमा लम्साल, विनिता राना, जेनिशा विश्वकर्मा र प्रसंशा बौडेल