काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फ्रेन्चाइज टिम लुम्बिनी लाभाजले रसियन खेलाडी भेरोनिका जुवरेभलाई अनुबन्धन गरेको छ ।
लुम्बिनीले प्रतियोगिताको दोस्रो संस्करणका लागि पहिलो विदेशी खेलाडीका रूपमा आउसाडर हिटर जुवरेभलाई सार्वजनिक गरेको हो ।
जुवरेभलेसँग रसिया, किर्गिस्तान, मंगोलिया र माल्दिभ्सको लिग खेलको अनुभव छ । उनले पछिल्लो समय माल्दिभ्सको हुरा कम्युनिटी क्लबबाट खेल्दै आएकी थिइन् ।
लुम्बिनीले अन्य दुई विदेशी खेलाडीको नाम केहि दिनमा नै सार्वजनिक गर्ने टिम म्यानेजर स्तुती निरौलाले बताइन् ।
नेपाली महिला भलिबल टोलीका कप्तान अरुण शाही मार्की रहेको लुम्बिनीले कमला विष्ट, अलिसा मानन्धर, शान्तिकला तामाङ, अनुशा चौधरी, रोमा महतो, जेनिशा विश्वकर्मा र रिकजना माझीलाई पनि अनुबन्ध गरेको छ ।
इभिडब्लुभिएलकाे दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म पोखरामा हुदैछ ।