काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा हुने भएको छ ।
पोखरामा लिग आयोजनाका लागि लाई राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृति प्राप्त भएको आयोजकले जनाएको छ ।
आयोजनकले यसको जानकारी नेपाल भलिबल संघलाई गराइसकेको छ । प्रतियोगितामा कर्णाली यश्विस, ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, मधेश युनाइटेड, पोखरा निन्जाज र लुम्बिनी लाभाजले प्रतिस्पर्धा गर्नेछन् ।
लुम्बिनी नयाँ टोली हो भने गत वर्ष गण्डकी थन्डर्सको नामले सहभागिता जनाएको फ्रेन्चाइज टोलीको नाम परिवर्तन भएर पोखरा निन्जाज बनेको छ ।
पहिलो संस्करणमा सहभागिता जनाएको चितवन शक्ति भने यस पटक हुने छैन ।
भिडियो
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA
WCUP छनोट र NPL भव्य बनाएर नेपाल अन्तर्राष्ट्रिय क्रिकेटलाई तयार रहेको सन्देश दिनुछ II PARAS KHADKA
इरान र भारतसँग खेल्न सिलोङ जान लागेको नेपाली महिला फुटबल टिमको बिदाई II WOMENS FOOTBALL I TEAM NEPAL
खेलाडीलाई प्रशिक्षक न्यौपानेको चेतावनीः नयाँले मौका पाउँछन्, तर त्यसलाई प्रमाणित गर्न सक्नुपर्नेछ
जोर्डनबाट व्यावसायिक फुटबल खेलिरहेकी PREETI RAI भन्छिन्: मैले धेरै गर्न बाँकी रहेछ ।
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान SAMBA भन्छिन्ः हामीसँग खेल्दा INDIA र IRAN लाई फाइदा पुग्छ
